सेतीमा बगेर बेपत्ता भएका प्राबिधिकको शव भेटियो

0
Shares

डोटी (नेस)
एकहप्ता अघि जिल्लाको सेती नदीमा बगेर बेपत्ता भएका रुकुम जिल्ला स्थायी घर भएका प्राबिधिक दीपेन्द्र ओलीको सव आज आईतवार फेला परेको छ । यहि चैत १८ गते दिउसो सेती नदीमा दुङ्गा तर्ने क्रममा सेती हाईड्रो पावरमा कार्यरत निज ओली बगेर बेपत्ता भएका थिए । बगेर बेपत्ता भएका ओलीको खोजीकालागि परिचालन भएको शसस्त्र प्रहरीको बैजनाथ बाहिनी ७ नम्बरको बिपत व्यवस्थापन टोलीले आज उनको लास फेला पारेको शसस्त्र प्रहरी ३६ नम्वर गण दिपायलका गणपती तथा एसपी प्रदिपकुमार पालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ओली बगेर बेपत्ता भएको खबर पाउने बितिकै हाम्रो र बाहिनीको टोली परिचालन भएको थियो,एक सातापछि बल्ल लास फेला पारेकाछौँ ।” बगेर बेपत्ता भएका ओलीको सव अछाम र डोटीको सिमा क्षेत्र लोडेघाटमा फेलापरेको शसस्त्र प्रहरी ३६ नम्बर गण दिपायलले जनाएको छ । जिल्लाको बोगटानफुड्सिल गाउँपालिकामा निर्माण हुन लागेको उक्त सेती हाईड्रो पावर निर्माणको ठेक्का रिडाक नेपाल कन्सल्टेन्सीले पाएपछि उक्त हाईड्रो पावरमा कामगर्न प्राबिधिक ओली डोटी आउनु भएको थियो ।