१ सय ९ जना जेष्ठ नागरिकलाई कम्बल वितरण फोटो

0
Shares

 

भक्तपुर,(नेस) । चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित युवा बचत तथा ऋण सहकारी संस्था लि.ले ७० बर्ष माथिका १ सय ९ जना जेष्ठ नागरिकलाई कम्बल, हर्लिस र बिस्कुट वितरण गरेको छ ।

संस्थाले सामाजिक गतिविधि अन्र्तगत आफ्ना जेष्ठ सदस्यहरुलाई सम्मान स्वरुप २ लाख बरावरको सामग्री वितरण गरेको संस्थाका अध्यक्ष प्रल्हाद बास्तोलाले जानकारी दिनुभयो । उहाँले ९० बर्षिया बाटुली बास्तोलालाई सामग्री हस्तान्तरण गरि सम्मान कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

अनुभवले खारिएका जेष्ठ नागरिकहरुको सम्मान गर्नु प्रत्येक नागरिकको कर्तव्य भएकाले सोही कर्तव्य निर्वाह गर्दै संस्थाले जेष्ठ नागरिकको सम्मान गरेको संस्थाका सचिव सोम शर्मा (बजगाईं)ले बताउनुभयो ।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा संस्थाका उपाध्यक्ष सविता खत्री, कोषाध्यक्ष प्रकाश बास्तोला, सल्लाहकार संयोजक श्रीराम लामिछाने, लेखा संयोजक जयराम बास्तोलालगायतले ७० बर्षदेखी ९३ बर्षसम्मका जेष्ठ नागरिकलाई नियमित रुपमा संस्थाले सम्मान गर्दै आइरहेको र जेष्ठ सदस्यका लागि सहारा योजना अन्र्तगत मासिक रकम प्रदान गर्दै आएको उल्लेख गर्नुभयो ।

संस्थामा हाल ३ हजार ६ सय २४ सदस्य, १३ सय ३५ बाल सदस्य रहेका छन् भने संस्थाको २ करोड ८० लाख शेयर पूँजि र ४३ करोडको वासलात रहेको संस्थाका व्यवस्थापक विनोद लामिछानेले जानकारी दिनुभयो ।

चेक रिपब्लिकका राजदूतद्वारा नवनिर्मित विद्यालय भवनको उद्घाटन
भक्तपुर, (नेस) । मण्डन–देउपुर नगरपालिका नयाँ गाउँमा रहेको बिन्दबासिनी प्राथमिक विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ । चेक रिपब्लिकन संस्था नमस्ते नेपालको सहयोगमा बनेको भूकम्पप्रतिरोधी भवनको उद्घाटन नेपालका चेक रिपब्लिकका राजदूत मिलान होभार्काले एक समारोहबीच गर्नु भएको हो ।

सो अवसरमा राजदूत होभार्काले बैशाख १२ को विनाशकारी भूकम्पले भत्काएको भवनको पुननिर्माण गरी स्थानीयलाई हस्तान्तरण गर्न पाउँदा निकै खुशी लागेको बताउनु भयो । ‘नयाँ भवन निर्माण कार्यमा सहभागी सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु र भविष्यमा पनि चेक रिपब्लिकबाट यस्तै प्रकारको सहयोग जारी राख्ने विश्वास दिलाउन चाहन्छु,’ उहाँले भन्नु भयो ।

तीनकोठे नयाँ भवनको निर्माण स्थानीय रुपमा उपलब्ध माटो, बालुवा, चिप्स, सेतो माटो र सिमेन्टको प्रयोग गरी गरिएको हो । यो नविनतम प्रविधिले गर्दा भवनभित्र जाडोमा तातो र गर्मीमा शितल हुने भवन निर्माणमा संलग्न सस्टेनेबल फ्युचर नेपालका नारायण आचार्यले बताउनुभयो ।

‘नेदरल्यान्ड्स र स्विट्जरल्यान्डमा सफल रुपमा प्रयोग भएको यो प्रविधिबाट बनेका भवन सुरक्षित र भूकम्प प्रतिरोधी हुने बताउनु भयो ।
विभिन्न दाताहरुबाट प्राप्त २८ लाख रुपैयाँबाट नयाँ भवन निर्माण गरिएको नमस्ते नेपालका अध्यक्ष टोमस बेनेरेकले जानकारी गराउनुभयो । भवनको डिजाइन र निर्माण याना सेरासहितको चेक रिपब्लिकन स्वंयसेवी टोली र स्थानीयको सहयोगबाट भएको उहाँले बताउनुभयो ।

सो समारोहमा पूर्वसंविधान सभा सदस्य कृष्णप्रसाद सापकोटाले भवन निर्माणमा सहयोग पु¥याउने दाता, स्वंयसेवी र स्थानीयलाई सम्मान गर्नुका साथै राजदूत होभार्कालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक सुदर्शन तिमल्सिनाले जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत विष्णुकुमार अग्रवाल, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।