बर्ड फ्लु रोक्न उच्च सतर्कता

0
Shares

काभ्रे(नेस)
उपत्यकाका सबै जिल्ला तथा उड्ने पक्षिं कागमा समेत बर्ड फ्लु देखिए पछि जिल्लामा रहेका कुखरा फार्महरुमा सुरक्षा सतर्कता अपनाईएको छ ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा धुलिखेलमा बायोसेक्युरिटी र बर्डफ्लु रोग नियन्त्रण सम्वन्धी अन्र्तक्रिया कार्यक्रममा बरिष्ठ पशु विकास अधिकृत डा. मंगोल प्रसाद शाहले कृषकहरुले फार्म संचालन गर्दा अपनाउनु पर्ने जैविक सुरक्षा सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कृषकहरुले दाना र चल्ला खरिद गर्दा मात्रै नभई ओसार पसार र अनुगमन तथा अन्य कार्य गर्दा रोगका भाईरसहरु सर्ने भएकाले सचेत रहन आग्रह गरेका थिए । जिल्लामा रहेका १३ वटै स्थानीय तहका प्रतिनिधिमुलक कृषकहरु सहभागि रहेको अन्र्तक्रिया कार्यक्रममा बर्ड फ्लुबाट जोगिन अपनाउनु पर्ने सुरक्षा उपायका बारेमा जानकारी गराईएको थियो ।

अन्र्तक्रिया कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डा. नविन उपाध्याय, डा. सुदिप हुमागाई, पशु विकास अधिकृत राजकुमार हुमागाई लगायतले बर्ड फ्लु भित्रन नदिन अपनाउनु पर्ने जैविक सुरक्षा र सरसफाईका बारेमा कृषकहरुलाई जानकारी गराएका थिए । सोहि कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना लगायतले बर्डफ्लुको महामारीले कृषकहरु मारमा पर्न नहुने बताउँदै सुरक्षाको अधिकमत उपाय अपनाउन सुझाव दिएका थिए ।

बर्ड फ्लुका कारण छिमेकी जिल्ला भत्तपुरमा केहि कुखुरा मरिसकेका छन् भने काग पनि मरेका छन् । काभ्रे उपत्यकामा रोग भित्रन नदिने विभिन्न सुरक्षा अपनाईएको छ ।