हुन्डाइको नयाँ वर्ष योजना

0
Shares

काठमाडौं । हुन्डाइ मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली नया वर्ष २०७६ लक्षित आकर्षक योजना हुन्डाइ न्यू इयर डिलाइट सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तर्गत ५० हजार सम्मको एक्सचेन्ज बोनस तथा १५ हजार को लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन् ।

सबै हुन्डाइ गाडीहरू चार वर्षको निःशुल्क सर्भिसिङ तथा तीन वर्षको वारेन्टी सहित उपलब्ध छन् लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरी १५ डिलरहरू तथा १७ सर्भिस सेन्टरहरूमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाइ मोटर कम्पनी विश्वकै पाँच ठूला अटोमाबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीकाउत्कृष्ट उत्पादनहरूले विश्वभरी करौडांँ ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको छ ।