युनाइटेड सिमेन्ट्स प्रालि र धुनिवेशी नगरपालिकाको आयोजनामा शिविर

0
Shares

काठमाडाैं, (नेस)
केएल दुगड ग्रुपअन्तर्गत युनाइटेड सिमेन्ट्स प्रालि र धुनिवेशी नगरपालिकाको संयुक्त आयोजना तथा सहकार्यमा एक दिने निःशुल्क स्वास्थ शिविर टायल घरस्थित बुद्ध भिजन एकेडेमी स्कुलको प्राङ्गणमा सम्पन्न भएको छ ।

सो स्वास्थ शिविरमा धुनिवेशी नगरपालिका, धादिङका नगर प्रमुख बालकृष्ण आचार्य तथा उपप्रमुख निरु खरेललगायतको उपस्थिति रहेको थियो । धुनिवेशी नगरपालिकाअन्तर्गत विभिन्न ठाउ“बाट लगभग ५ सय ५० भन्दा बढी नागरिक यो शिविरबाट लाभान्वित भएका छन् । शिविरमा मुख्य रुपमा आ“खा, छाला तथा चर्म रोग तथा स्त्री रोगको औषधि उपचारको व्यवस्था गरिएको थियो ।

युनाइटेड सिमेन्ट्सले यस्ता सामाजिक कार्य विगतमा पनि गर्दै आएको र आगामी दिनमा पनि आयोजना गर्ने लक्ष्य रहेको उद्योगका अधिकारी विनोद कुमार न्यौपानेले बताउनुभयो ।