जनता बैंक १०औं वर्षमा प्रवेश


काठमाडौं, (नेस)
जनता बैंक नेपाल ९ वर्ष पूरा गरी १०औं वर्षमा प्रवेश गरेको छ । बैंकको हाल १२८ वटा शाखा कार्यालय, ९४ वटा एटीम, ५० शाखारहित बैंकिङबाट कारोबार गर्दै ७० दशमलव ९४ अर्ब निक्षेप संकलन र ६५ दशमलव ६९ अर्ब कर्जा लगानी गरेको छ ।

१०औं वर्ष प्रवेशको अवसरमा बैंकले प्रभातफेरी , निःशुल्क स्वास्थ्य शिविर, रक्तदानलगायतका कार्यक्रम रहेको छ ।