रिद्धि सिद्धि सिमेन्टको औपचारिक शुरुवात

0
Shares

काठमाडौं, (नेस)
शंकर ग्रुप तथा अम्बे ग्रुपकोसहकार्यमा उत्पादित रिद्धि सिद्धि सिमेन्ट आइतबारदेखि औपचारिक रुपमा बजारमा आएको छ । दुई समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा शोभाकर (हरि) न्यौपानको उपस्थितिमा रिद्धि सिद्धि सिमेन्टको औपचारिक अनावरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै रिद्धि सिद्धि सिमेन्ट प्रालिका निर्देशक आनन्द नेपालले सिमेन्टको उत्पादन प्लान्टमा प्रयोग गरिएका प्रविधिकाबारेमा जानकारी दिनुभएको थियो । उहा“ल युरोपेली प्रविधियुक्त प्रक्रियाद्वारा उत्पादित उक्त सिमेन्टको गुणस्तरीय एकरुपतामा जोड दिएको बताउनुभयो ।

‘रिद्धि सिद्धि सिमेन्टले सर्वश्रेष्ठ उत्पादन सुनिश्चित गर्न सर्वोत्कृष्ट युरोपेली प्रविधि प्रयोगमा ल्याएको छ । साथै प्लान्टमा प्रयोग गरिएको भर्टिकल रोलर मिल (भीआरएम),सेन्ट्रल कन्ट्रोल रुम टेक्नोलोजी तथा नेपालमा पहिलोपटक प्रयोग गरिएको रोबो ल्याब सिस्टम रलेजर सिल प्याकेजिङ लगायतका विभिन्न प्रविधिका बारेमा विस्तृत जानकारी दि“दै उक्त प्रविधिको प्रयोगले गुणस्तरमा एकरुपता कायम रहने जानकारी दिनुभयो ।

यसै गरी अम्बे ग्रुपका अध्यक्ष न्यौपानेले दुई समूहबीचको सम्बन्ध र सहकार्यका बारेमा प्रकाश पार्नुभएको थियो । देशमा सर्वोत्कृष्ट अत्याधुनिक प्रविधियुक्त सिमेन्ट प्लान्टको स्थापना गर्ने उद्देश्य बोकेको रिद्धि सिद्धि सिमेन्ट प्रालिको स्थापना २०७३ सालमा भएको हो । कम्पनीले हेटौंडा र चितवनस्थित आफ्नै चुनढुंगा खानीबाट दैनिक ३ हजार टन सिमेन्ट उत्पादन क्षमता पु¥याउने लक्ष्य राखेको छ ।