कोसी करिडोर प्रसारणलाइन निर्माणमा धरान उपमहानगरपालिकाको अवरोध हट्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
कोसी करिडोर २२० केभी प्रसारणलाइन आयोजना निर्माणमा गर्दै आएको अवरोध गर्दै आएको धरान उपमहानगरपालिका अन्ततः पछाडि हटेको छ । प्रसारणलाइन निर्माणमा मंसिरबाट अवरोध गर्दै आएको उपमहानगरपालिक पछाडि हटेपछि बिहीबारबाट उक्त करिडोरको विष्णुपादुका क्षेत्रमा निर्माणको काम सुचारु भएको छ ।

आयोजनाको प्रस्तावित रुटबाटै प्रसारणलाइन निर्माण गर्न उपमहानगरपालिका सहमत भएपछि काम शुरु गरिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिनुभयो । ‘१७ वटा टावर निर्माणमा अवरोध थियो, पटक–पटक भएको छलफलबाट वडाध्यक्ष लगायत प्रस्तावित रुटबाटै प्रसारणलाइन लैजान दिन तयार भएपछि निर्माण शुरु गरिएको छ, प्रभावलाई न्यूनीकरण गर्न आयोजनाले स्थानीय रुपमा गर्न सक्ने सामुदायिक विकासका कार्यक्रम सञ्चालन गरिनेछ,’ उहा“ले भन्नुभयो ।

धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले गत मंसिर २८ गते प्रस्तावित रुटबाट प्रसारणलाइनको निर्माण गरिएमा उपमहानगरपालिका–२० को विष्णुपादुका क्षेत्रमा स्थापित, निर्माणाधीन र पहिचान भएका पर्यटकीय स्थललाई नकारात्मक असर पर्ने भन्दै त्यसलाई करिब २ सय मिटर पश्चिमबाट लैजान नेपाल विद्युत प्राधिकरणलाई दबाब दिएपछि आयोजनाको निर्माण रोकिएको थियो ।

प्राधिकरणले उपमहानगरपालिकाले भनेजस्तो कुनै प्रसारणलाइनले कुनै असर नपर्ने, निर्माण ढिलाइ भएमा प्रसारणलाइनको निर्माणमा ढिलाई भएमा हाल निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाबाट उत्पादन हुने अनुमानित ५५० मेगावाट विद्युत् खेर जाने अवस्था आउने, यसबाट राष्ट्रलाई क्षति पुग्ने, प्रवद्र्वकलाई क्षतिपूर्तिलगायतको अवस्था रहेको भन्दै रुट परिवर्तन गर्न अस्वीकार गर्दै आएको थियो ।

उपमहानगरपालिकाले उठाएका विषयलाई प्रसारणलाइनले कुनै असर नगर्ने, असर पर्ने केही क्षेत्रहरुलाई लाइनको चेक सर्भे गर्ने क्रममा सम्बोधन गरिसकिएको र सम्पूर्ण प्रक्रिया पूरा गरी निर्माण भइरहेको आयोजनाको रुट सार्न नसकिने अडान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राख्दै आएका थिए ।

अब कोसी करिडोरको प्रसारणलाइन पूर्वनिर्धारित भेडेटार–छोटी, मोरङ–सर्दू जलाधार क्षेत्र–तमाखाम–सालबोटे–चिण्डे डा“डा–भन्ज्याङ–गोर्खा मेमोरियल पार्क–जलकन्या सामुदायिक वन रुटमा नै निर्माण हुनेछ ।

गत पुसमा प्रदेशका नम्बर १ मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा धरानमा भएको सरोकारवालाको भेलाले समस्या पहिचान गरी र समाधानका उपाय खोज्न कार्यदल गठन गरिएको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठित कार्यदलमा कार्यदलमा वडाध्यक्ष, आयोजना प्रमुख, उपमहानगरपालिका इन्जिनियर, सरोकार समिति, ठेकेदार तथा परामर्शदाता कम्पनी, स्थानीय राजनीतिक दलबाट एक÷एक जना प्रतिनिधि थिए । कार्यदलले रुट परिवर्तन गर्न नसकिने प्रतिवेदन दिएको थियो । तर, यसमा राजनीतिक दल र सरोकार समितिका प्रतिनिधिले हस्ताक्षर गरेका थिएनन् ।

प्राधिकरणले अहिले प्रसारणलाइनको रुट भेडेटार–छोटी, मोरङ–सर्दू जलाधार क्षेत्र–तमाखाम–सालबोटे–चिण्डे डा“डा–भन्ज्याङ–गोर्खा मेमोरियल पार्क–जलकन्या सामुदायिक वन हु“दै लैजाने प्रस्ताव गरिएको छ । अब सोही रुट ह“ुदै प्रसारणलाइनको निर्माण हुने छ ।

नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोड्न कोसी करिडोरको निर्माण गर्न लागिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारणलाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ ।

ती आयोजना निर्माणको विभिन्न चरणमा छन् । प्राधिकरणले प्रसारणलाइन निर्माण गर्न नसकेमा ती आयोजनाबाट उत्पादित विद्युत् खेर जाने अवस्था छ ।
करिडोरको पहिलो प्याकेजमा इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार १०५ किलोमिटर २२० केभी डबल सर्किट प्रसारणलाइन निर्माण जुन २०१९ मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । ३२० वटा टावरमध्ये २१० वटाको जग हालिएको र ९० वटा खडा गरिसकिएको आयोजना प्रमुख ढकालले जानकारी दिनुभयो । उहा“का अनुसार अब केही दिनमै तार तान्न शुरु हुनेछ । यसको अनुमानित लागत ३ करोड ७५ लाख अमेरिकी डलर छ ।

त्यस्तै दोस्रो प्याकेजको इनरुवा, बसन्तपुर, बानेश्वर र तुम्लिङटारमा २२० केभीको सब स्टेसन निर्माण फेबु्रअरी २०२० मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर छ ।
तेस्रो प्याकेजमा बसन्तपुर–ढुंगेसा“घु (ताप्लेजुङ) ३३ किलोमिटर प्रसारणलाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम शुरु भइसकेको छ । २ करोड २० लाख डलर अनुमानित लागत रहेको आयोजनाको काम डिसेम्बर २०२० मा सक्ने लक्ष्य राखिएको छ ।