१८ सय थान पुस्तक संकलन

0
Shares

सरिता चलाउने, सल्यान
कारागारका कैदिबन्दीहरुलाई जिबन र सोचमा परिबर्तन ल्याउने उदेश्यले जिल्ला कारागार सल्यानमा पुस्तकालय स्थापना गरिएको छ । कैदिबन्दीहरुलाई पढनको लागी भन्दै पुस्तकालय स्थापना गरिएको हो । कैदी बन्दीहरुको जेल जीवनको समयलाई ज्ञानमूलक अध्यायनका लागी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत कारागार किताब अभियानमा प्रदेशका सबै कारागारहरुमा एकैसाथ पुस्तकालय स्थापना गरेसंगै सल्यान जिल्लामा पनि पुस्ताकालय स्थापना गएिको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक बिरेन्द्र बहादुर शाहीले बताउनु भयो । गलत क्रियाकलाब र गलत नसालाई मुक्त दिलाउनको लागी किताबको नसा लगाउनु पर्ने बाहिरको संसारलाई पनि देख्न सकुन मनन गर्न सकुन भनेर कारकारमा पुस्तकालयको स्थापना गरिएको उहाँले बताउनु भयो ।

बाहिरी संसारबारे जान्न र बुझ्न कैदी बन्दीलाइ अध्ययनका लागि भन्दै कारागार सल्यानमा बिभिन्न बिधाका १ हजार ८ सय थान पुस्तक संकलन भएका छन । पुस्तकालय स्थापनाका लागि जिल्लाका स्थानीय तह, बिभन्न संघ सस्था, ब्यापारी बुद्धिजिबि, साहित्यकार लेखक लगायतकाले पुस्तक हस्तान्तरण गरेका थिए ।
पुस्तक अध्ययनले कैदी बन्दीहरुले ज्ञान हासिल गरी समाजमा पुनस्थापना हुदा सकरात्मक सोचको विकास गरेर जाने उद्देश्यले कर्णाली प्रदेश प्रहरीले पुस्तक अभियान चलाएर जिल्ला जिल्लामा रहेका कारागारहरुमा पुस्तकालय स्थापना गरेको छ ।

कारागारमा पुस्तकालय स्थापना हुनु कैदिबन्दीहरुका लागी गौरबको कुरा भएको कैदिबन्दी मोहन थापाले बताउनु भयो । उहाँले कारागार भन्दा बाहिरको संसार बुझन पुस्तक फलदायी हुने बताउनु भयो । पुस्तक पढेर समाजमा गएर पुनस्थापना हुन सजिलो हुनका साथै जिउने आधारको बिकास हुने उहाँले बताउनु भयो ।

कैदिबन्दीहरुको संसार, खुल्ला आकास बाहेक अरु केही नभएकाले ज्ञान प्रदन गर्न लागी पुस्तक नै भएको अर्का कैदिबन्दी सलिना गहतराजले बताउनु भयो । पुस्तक पढेर धेरै कुरा सिकर समाजमा पुनस्थापना हुन सजिलो हुने बताउनु भयो । जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी प्रमुख बिरेन्द्र बहादुर शाही, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले, शारदा नगरपालीकाका नगरप्रमुख शुरेस अधिकारी, उपन्यासकार उमा सुबेदि लगायतले पुस्ताकालय स्थापनको उदघाटन गर्नुभयो ।

पुस्ताकालय स्थापनको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानले पुस्तकालय आफै एउटा मन्दिर भएको बताउनु भएको छ । जिबनमा अनेक घटना भैरहने भएकाले जो कोही मानिस पनि कुनै न कुनै बन्दीमा पर्ने भएकाले बन्दी हुनु जिवनको एउटा सपना भएको बताउनु भयो । पुस्तक पढेर जिवनको मोड बदल्न कैदिबन्दीहरुलाई आग्रह गर्नु भयो । उहाँले भन्नु भयो पिडा सबैमा हुन्छ, त्यो पिडा पुस्तकमा परिनत बनाउनुस, जिवनमा केहि परिबर्तन ल्याउनुस, यहाँ बाट गएर समाजमा केही गर्नुस । समयलाई सदुपयोग गरेर पुस्तक अध्यन गरी केही ज्ञान सिक्न आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै शारदा नगरपालीकाका नगरप्रमुख शुरेर अधिकारीले कारागारका कैदी बन्दी हरुले उत्पादन गरेका सामग्री हरु विक्री हुन नसकेको अवस्थामा शारदा नगर पालिकाले खरिद गर्नमा सहयोग गर्ने बताउनु भयो । बन्दी हरुले कारागार भित्र उत्पादन गरेका मुडा, टोपी लगायत सामग्री हरु बजारीकरणमा सहयोग गर्ने बताउनु भयो ।

बन्दी भएर वस्नुपर्ने बाध्यता भएको भन्दै बिचलित नहुन र आफुलाइ सकारात्मक वनाउन कैदी हरुलाइ अनुरोध गर्नुभयो । पुस्कालय स्थापनाका लागि सल्यानका १० वटै तहवाट करिव ४ लाख ८४ हजार रुपैया सङ्कलन भएको र १८ सय पुस्तक पुस्तकालयमा जम्मा भएको जानकारी दिइएको थियो।

यसैबिच कारागारमा पुस्तकालय स्थापना पछि लेखक तथा उपन्यासकार उमा सुवेदिले कैदिबन्दीहरु सँग अन्र्तक्रिया कार्यक्रम गर्नु भएको छ । उहाँले पुस्तक कसरी अध्यान गर्ने, कसरी पढने भन्ने बारेमा जानकारी गराउनु भएको थियो ।