राजनीतीकरणको चपेटामा न्यायालय

0
Shares

विराटनगर, (नेस)
उपप्रधान तथा स्वाथ्यमन्त्री उपेन्द्र यादवले न्यायपरिषदको संचारनामा त्रुटी रहेको बताएका छन । विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्दे उनले न्याय परिषदको संरचनागत त्रुटीले न्यायालय राजनितिकरणको चपेटामा परेको बताए ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादवले परिषदको संरचना त्रुटीपूर्ण र गठन प्रक्रिया पूरानो भएकोले समस्या भएको बताए । उनले न्याय परिषदको संरचना राजनीतिक भएको र संबैधानिक परिषदमा नेताहरु नै बस्ने भएकाले न्यायपालिकामा कार्यकत्र्ता नियूक्ती हुने गरेको बताए ।

उनले मुलुक संघीय गणतन्त्रमा गइसकेको बताउदै संबिधान संशोधन गरेर न्याय परिषदको संरचना बदल्नुपर्ने बताए । न्याय परिषदलाई संघीय गणतन्त्रको मूल मर्म र भावना अनुकुल रुपान्तरित गर्न संबिधान संशोधनको विकल्प नभएको यादवको भनाई थियो । राज्यको कुनैपनि निकायमा गरिएको नियूक्तीमा समावेशिता नभए रद्द हुने कि कायम रहने बारे संबिधानमा व्यवस्था नभएकोले अहिलेको स्थिति निर्माण भएको उपप्रधानमन्त्री यादवको भनाई थियो ।