मातृ भाषा संरक्षणमा जोड

0
Shares

इलाम, (नेस)
नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङले मातृ भाषाको सरंक्षणले मात्र नेपाली भाषा समृद्ध बन्ने वताएका छन् । पश्चिमि इलामको देउमाई नगरपालिका स्थित मंगलबारेमा शनिबारबाट सुरु भएको ‘देउमाई साहित्य महोत्सव २०७५’ को उद्घाटन गर्दै नेम्वाङले मातृ भाषाको विकास र समृद्ध हुँदा नेपाली भाषा अझ माथी पुग्ने बिचार राखे ।

नेता नेम्वाङले देशले संविधान पाइसकेपछि अहिले कार्यन्वयनको चरणमा रहेकाले सवैले संविधान स्विकार गरेको स्पष्ट पारे । नेम्वाङले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहलाई पनि राजनितिको मुल धारमा आउन आग्रह गरे । बिप्लव नेतृत्वलाई बाटो नबिराउन आग्रह गर्दै उनले भने ‘यसले देश अनि कसैलाई पनि राम्रो गर्दैन, जनता अव क्रान्तिमा होमिन सक्दैनन् ।’ नेम्वाङले राष्ट्र निर्माणका लागि अब बन्दुक बोकेर हिँड्न सम्भव नभएको स्पष्ट पारे ।

आफ्नो निर्वाचन क्षेत्र समेत रहेको नेम्वाङले देउमाईको मङ्गलबारेमा भएको यो महोत्सवले यहाँको पर्यटन प्रवद्र्धनमा धेरै सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘इलाम आफैंमा एक पर्यटकीय जिल्ला हो, यहाँका पर्यटकीयस्थलको प्रवद्र्धन गर्न सकेमा इलाम पर्यटकका लागि प्रमुख आकर्षक गन्तव्य बन्नेछ ।’