निःशुल्क आँखा शिविरमा ५ सयले लिए सेवा

0
Shares

बैतडी, (नेस)
बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा जारी निुशल्क आँखा शिविरमा ५ सय बढीले सेवा लिएका छन् । सुर्नया गाउँपालिका, हेल्थ च्यारीटी फाउण्डेसन नेपाल र धनगढी नेत्रालय प्रालिको संयुक्त आयोजनामा भईरहेको शिविर सतबाँझमा सञ्चालनमा रहेको छ ।

शिविरमा निशुल्क आँखा चेकजाँच साथै औषधि र चस्मा निशुल्क वितरण भईरहेको छ । यसका साथै शिविरमा आएका बिरामी मध्ये कसैमा मोतीबिन्दुको समस्या भएमा उनीहरुको पहिचान गर्ने र त्यसपछि निशुल्क रुपमा अप्रेशनको व्यवस्था मिलाउने धनगढी नेत्रालय प्रालिका प्रबन्ध निर्देशक गजेन्द्रबहादुर चन्दले बताउनुभयो । भोलीदेखि सुर्नया ६ को मोतीनगरमा दुई दिन शिविर सञ्चालन हुने र चैत २६ गते रौलेश्वर स्वास्थ्यचौकीमा निशुल्क आँखा शिविर सञ्चालन हुनेछ ।

स्वस्थ आँखा सुन्दर संसार, मोतीबिन्दु रहित सुर्नया अभियानमा शिविरले सहयोग पुर्याउने सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिनुभयो । यस्तै पाटनमा सञ्चालन भईरहेको बृहत स्वास्थ्य शिविरमा पनि नागरिकहरुले सेवा लिईरहेका छन् । शिविरमा बिशेषज्ञ सेवा प्रदान भईरहेका बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिनुभयो ।