शनिबार पनि नागरिककै काम, बाँफिकोटका सबै वडाका अपाङ्गलाई परिचय पत्र बितरण

0
Shares

धनवीर दाहाल, रुकुम
जनताको सेवालाई प्रभावकारी बनाउने उद्धेश्यले बाँफिकोट गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीले शनिबार पनि नागरिकलाई सेवा दिन थालेका छन् । शनिबार रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका कार्यालयमा अपाङ्ग परिचय पत्र प्रदान गरिएको छ ।

बाँफिकोट गाँउपालिकामा भएको अपाङ्ग परिचय पत्र बितरण कार्यक्रममा ८२ जना अपाङ्गले परिचय पत्र प्राप्त गरेका छन् । गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत महेश गुरुङ्गले शनिबारको दिनलाई पनि सदुपयोग गरेको बताउनुभयो । जनताको कामको लागी कुनै पनि बारले असर नपर्ने प्रमुख प्रशासकिय अधिकृत गुरुङ्गको भनाई छ ।

शनिबार भएको अपाङ्ग परिचय पत्र बितरण कार्यक्रममा पुर्ण अशक्त अपाङ्गगता क बर्गमा ८ जना,अति अशक्त अपाङ्गता ख बर्ग १३ जना, मध्यम अपाङ्गता ग बर्ग ४० जना र सामान्य अपाङ्गता घ बर्ग २१ जना गरी ८२ जनाले अपाङ्ग परिचय पत्र पाएका हुन् ।

अपाङ्ग परिचय पत्र बितरण कार्यक्रममा बाँफिकोट गाँउपालिका अध्यक्ष धर्मबहादुर के.सी, उपाध्यक्ष मनकला पुन, १० वटै वडाका वडा अध्यक्ष र सचिवहरुको सहभागिता रहेको थियो । बाँफिकोट गाँउपालिका ३ का अपाङ्ग बेगम खत्रीले आफुले अपाङ्ग परिचय पत्र पाएकोमा खुसी व्यक्त गर्नुभएको छ ।

हाल सम्म आफुले परिचय पत्र नपाएको बताउनुहुँदै खत्रीले अवदेखी राज्यबाट पाउने सुबिधा पाउने अपेक्षा गरेका गर्नुभयो । यस्तै बाँफिकोट ४ का मनबहादुर घर्तीले परिचय पत्र पाएपछि आफुले पाउने सुबिधा पाउनेमा आसा व्यक्त गर्नुभयो । गाँउपालिकाले पहिलो पटक ८२ जनालाई शनिबारको दिन अपाङ्ग परिचय पत्र बितरण गरेको छ ।