कर्मचारी अभावमा वन कार्यालयको कामकाज ठप्प

0
Shares

लाहान, (नेस)
सिरहास्थित जिल्ला वन कार्यालयमा कर्मचारी अभावका कारण हालसम्म केही पनि खर्च हुन सकेको छैन । तेस्रो किस्तासम्म आइसक्दा समेत केही काम शुरु हुन नसकेपछि बजेट फ्रिज हुने सम्भावना बढेर गएको छ ।

यस आर्थिक वर्षमा वन कार्यालयमा आठ करोड संघीय एवम् प्रदेशको बजेट रहेको छ । अहिलेसम्म झण्डै ६० प्रतिशत खर्च गरिसक्नु भए पनि लेखापाल एवम् अन्य कर्मचारी नभइदिंदा आर्थिक कारोवार हुन नसकेपछि काम शुरु हुन नसकेको वन कार्यालयले जनाएको छ ।

कार्यालयमा आर्थिक कारोवार नभएपछि कर्मचारीहरु पनि घाम ताप्दै गफिएर बसिरहेका छन् । वन कार्यालयमा आर्थिक अभावका कारण नियमित गर्ने गस्ति लगायतका कारोवारका कारण प्रभावित हुँदा वन क्षेत्रमा हुने मानवीय अतिक्रमण समेत बढेको वन कार्यालयका सहायक वन अधिकृत अमरेन्द्र यादवले वताए ।

जिल्ला वन कार्यालय लहानका प्रमुख उपेन्द्र प्रसाद पटेलका अनुसार सम्बन्धित निकायमा पटक पटक तागेता गर्दा समेत लेखापाल एवम् कर्मचारीहरु कार्यालयमा नखटाइदिंदा विकास लगायतका काम मात्र नभई कर्मचारीले तलव भत्ता समेत खान नपाएको गुनासो गरेका छन् ।

जिल्ला वन कार्यालय मार्फत् वन अतिक्रम रोक्न, वृक्षा रोपण, नियमित गस्ति, चुरे संरक्षण लगायतका कार्यक्रमहरु गर्दै आएका छन् । यद्यपि लेखापालको अभावमा आर्थिक गतिविधि नहुँदा सो कामहरु समेत ठप्प प्रायः रहेको छ ।