कैदीबन्दीका लागि पुस्तकालय

0
Shares

अर्जुन बोहरा, हुम्ला
हुम्लाको कारागारमा रहेका कैदी बन्दीहरुको लागि पढ्नका लागि पुस्तकालय स्थापना गरेको छ । कैदी बन्दीहरुको पढ्नका लागि भन्दै जिल्ला प्रहरी कार्यलय हुम्लाले पुस्तकालय स्थापना गरिदिएको छ । कारागारलाई किताब अभियान उप समितिले कारागारमा रहेका कैदी बन्दीका लागी कारागारमै पुस्तकालय स्थापना गरेको छ ।

जेलभित्र रहेका कैदी बन्दीहरुको जीवनको समयलाई ज्ञानमूलक अध्यायन होस भन्ने उद्देश्यका साथ कर्णाली प्रदेश प्रहरीको पहलमा हुम्ला जिल्लामा पनि पुस्ताकालय स्थापना गएिको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो । कैदी बन्दीहरुको बाहिरी संसारबारे जान्न र बुझ्नको लागि कैदी बन्दी लाई अध्ययनका लागि भन्दै २ सय २० वटा पुस्तक संकलन गरिएको छ ।

कर्णाली प्रदेशका सबै जिल्लाभित्र पुस्तक अभियानमार्फत संकलन गरिएका पुस्तक पत्र पत्रिकाहरुलाइ संकलन गरी राखिने जेलर प्रमुख डवले रावतले बताए । कारागार व्यवस्थापन विभागले तयार पारेको निर्दे्शिका अनुसार कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहाको अध्यक्षतामा गठन भएको कर्णली प्रदेश कारागारलाइ किताब अभियान मुल समितिले प्रदेश १० जिल्ला मध्य हुम्ला र मुगु बाहेक अन्य जिल्लामा यस भन्दा पहिलेनै पुस्तकालय स्थापना भैसकेको छ । स्थापना भएको पूतकालयको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले उघाटन गरे । नव निमार्ण भैरहेको कारागार भवनमा पुस्तकालय स्थापना गरिएको छ ।

२०७२ सालका संविधान समानताको प्रत्याभूतीको व्यवस्था गरिएकाले कैदी बन्दीलाई पनि समानताका प्रत्यभुती दिलाउनको लागि कारागारमा पुस्तकालय स्थापना गरिएको अधिकारी ढकालले बताउनुभयो । पुस्तकालय स्थापनाका लागि जिल्लाका स्थानीय लेखक पत्रकारहरुले पनि पुस्तक हस्तान्तरण गरेका थिए । हुम्लाश्री आचलीका सम्पादक कर्ण रोकायाले १० वटा पुस्तक, लेखक तथा शिक्षक मधु बस्नेतले ३ वटा पुस्तक उपलब्ध गराएका थिए । पुस्तक अध्ययनले कैदी बन्दीहरुले ज्ञान हासिल गरी समाजमा पुनस्थापना हुँदा सकरात्मक सोचको विकास गरेर जाने उद्देश्यले कर्णाली प्रदेश प्रहरीले पुस्तक अभियान चलाएर जिल्ला जिल्लामा रहेका कारागारहरुमा पुस्तकालय स्थापना गरेको छ ।

कारागारलाई किताब’ अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरीले प्रदेशमा रहेका सबै कारागारमा पुस्ताकालय स्थापना गर्दैछ । यो अभियानका प्रमुख अभियन्ता प्रसिद्ध आख्यानकार तथा कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाह रहेका छन । पुस्ताकालय उद्दघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका प्रमुख सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामा, वडा अध्यक्ष लेखक सरोकार निकायका प्रतिनिधी र सञ्चारकर्मी समेको उपस्थिती थियो ।