जिपको ठक्करले मृत्यु

0
Shares

सर्लाही, (नेस)
सर्लाहीको बरहथवामा स्कारपियो जिपको ठक्करबाट सर्लाहीको बरहथवामा एक जना मृत्यु भएको छ ।

बरहथवा नगरपालिका वडा नं. १० का ७० वर्षिय महन्थ महरा चमारको शुक्रबार राति सौंच गर्न घरबाट बाहिर निस्केका बेला स्कारपियो जिपको ठक्करबाट मृत्यु भएको हो। उनलाई को २ च २१० नम्बरको स्कार्पियो जिपले ठक्कर दिएपछि गम्भीर घाईते भएकाले थप उपचारको लागि बिरगंज तर्फ लगिदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा डिएसपी प्रतित सिंह राठोरले जानकारी दिनुभयो ।

श्रीपुरबाट साबिक बरहथवा बजार तर्फ गर्दा उनलाई आफ्नै घर अगाडी बाटो काटने क्रममा ठक्कर दिईएको हो । ठक्कर दिने स्कार्पियोलाई प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार भएकाले खोजी भैरहेको प्रहरीले जनाएको छ । मृतकको शव परिक्षणपछि आफन्तले बुझेका छन ।