हावाहुरीपीडितलाई सहयोग

0
Shares

काभ्रे, (नेस)
तराईका विभिन्न जिल्लामा गएको हावाहुरीले क्षतिग्रस्त संरचना निर्माण तथा पीडित परिवारलाई राहत उपलब्ध गराउने उदेश्यले जिल्लाका स्थानीय सरकारहरुले रकम सहयोग गर्ने निर्णय गरेका छन् ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको अध्यक्षतामा बसेको बैठकले स्थानीय सरकारहरुले समन्वय समिति मार्फत बाराका प्रमुख जिल्ला अधिकारीलाई रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

बैठकमा स्थानीय सरकारहरुले आफ्नो स्वविवेकिय अधिकार अन्र्तगत स्थानीय सरकारको विपद् कोषमा जम्मा भएको रकमबाट रकम उपलब्ध गराउन अनुरोध गरिएको थियो । धुलिखेल नगरपालिकाले यस अघि नै प्रधानमन्त्री अध्यक्ष रहने केन्द्रिय प्रकोप कोषमा रकम जम्मा गर्ने निर्णय गरिसकेको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिए ।

स्थानीय सरकारहरु मध्ये मण्डन नगरपालिकाले १ लाख ११ हजार १ सय ११, नमोबुद्ध नगरपालिकाले १ लाख ११ हजार १ सय ११, पनौती नगरपालिकाले १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गर्ने भएका छन् भने बनेपा र पाँचखाल नगरपालिकाले कार्यपालिकाको बैठकबाट निर्णय गरी सहयोग गर्ने जानकारी गराएका छन् ।

त्यस्तै चौरी देउराली गाउँपालिकाले १ लाख १ हजार १ सय ११, भुम्लु गाउँपालिकाले १ लाख ५ हजार २ सय २५, महाभारत गाउँपालिकाले ५१ हजार १ सय ५१, खानीखोला गाउँपालिकाले ५० हजार १ सय ११, रोशी गाउँपालिकाले ६० हजार, तेमाल गाउँपलिकाले ३० हजार ५ सय ५१ र बेथाञ्चोक गाउँपालिकाले २५ हजार रुपैया सहयोग गर्ने भएका छन् । संकलित रकम बारा जिल्लामै पुगेर हस्तान्तरण गर्ने समन्वय समिति प्रमुख उद्धव केसीले जानकारी दिए ।

यस अघि मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरोमा विस्थापितहरुका लागि पनि स्थानीय सरकारले सहयोग गरेका थिए ।