बैतडीमा एक महिना एक नयाँ काम !

0
Shares

बैतडी, (नेस)
बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले सरकारी कार्यालयको कामकाज सेवाग्राहीमैत्री वातावरणमा गरिने बताएका छन् । प्रमुख जिल्ला अधिकारी भएर पहिलोपटक बैतडी आएका पौडेलले सुरक्षा निकायका प्रमुख एवं सञ्चारकर्मीसंगको परिचयात्मक तथा अन्र्तक्रियात्मक कार्यक्रममा सुसासान र सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउने बताएका हुन् । उनले“नागरिकको हितको लागी एक महिना एक नयाँ काम गरिनेछ”

शान्तिसुरक्षाको अवस्था र व्यवस्था जिल्ला सुरक्षा समितिले गर्नेछ उनले भने“नागरिकले शान्तिसुरक्षाको अनुभुती गर्नेछन् र अपराधिक क्रियाकलापमा कमी आउनेछन्”

द्वन्द्वपिडित, बिस्थापित, अपांगता र राहत वितरण पाउँन बाँकी रहेकाको लागी थप माग गर्ने उनले भने । विपत प्रतिकार्यको लागी सम्पूर्ण निकायलाई तयारी अवस्थामा राखिएको बताउदै उहाँले स्थानीय तह र सम्वन्धित निकायसंगकोे समन्वयमा उक्त कार्य गरिने उनले भने ।

भारतसंग सीमा जोडिएको जिल्लाका भएकोले सीमानाकामा नेपालीलाई पर्ने समस्या समाधानका लागी पहल गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सीमावारपार र भारतीय पेन्सन खाने नागरिकका लागी पेन्सनमा गरेको कडाईलाई सहजता गरिने उनको भनाई छ ।

अप्रशोधित र अनधिकृत सुचना दिन नसकिने भन्दै उहाँले जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयमा सुचना अधिकारी राख्ने र सुचना अधिकारीको भित्ते फोटो राख्न निर्देशन दिने बताए ।

यसका साथै उनले बैतडीको सतबाँझमा रहेको भण्डारी आयल स्टोरेजमा बर्षौदेखि पेट्रोल अभाव रहेको विषयमा पनि सञ्चालकलाई पेट्रोलको सहज उपलब्धताको निर्देशन दिने बताए ।

जनाताको सेवामा अहोरात्र खटिने बताउदै प्रमुख जिल्ला अधिकारी पौडेलले सबैको साथ र सहयोगको खाँचो रहेको धारणा व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी पौडेल गत हप्तामात्रै नयाँ प्रजिअका रुपमा बैतडी आएका हुन ।