४७ जना उद्यमीलाई सामग्री वितरण

0
Shares

डोटी, (नेस)
घरेलु तथा साना उद्योग बिकास समिति दिपायल राजपुरले जिल्लामा सञ्चालनमा रहेका ४७ जना उद्यमीहरुलाई लघु उद्यममा प्रयोग गरीने सामाग्रीहरु बितरण गरेको छ ।

शनिबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी जिल्ला भरीमा व्यापार व्यवसाय गरी रहेका तर उपकरण नहुँदा समस्यामा परेका व्यवसायीहरुलाई छनौट गरी उक्त समाग्री बितरण गरिएको घरेलु तथा साना उद्योग बिकास समिति दिपायल राजपुरका निमित्त कार्यालय प्रमुख नवराज गौतमले बताउनुभयो ।

व्यवसायीहरुले माग गरेका आधारमा दिईएको उक्त सामाग्रीमा ८० प्रतिसत घरेलु तथा साना उद्योग बिकास समिति दिपायल राजपुरको अनुदान तथा २० प्रतिसत माग गर्ने व्यवसायीको रकम रहेको बताईएको छ । घरेलु तथा साना उद्योग बिकास समिति दिपायल राजपुरले प्रदान गरेको उक्त सामाग्रीले यहाँका लघु उद्यमीहरुलाई आफनो व्यापार व्यवसाय गर्नमा निकै राहत हुने जिल्ला समन्वय समितिका संयोजक तथा लघु उद्यमीलाई सामान हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी राबहादुर ऐरले बताउनुभयो ।

घरेलु तथा साना उद्योग बिकास समिति दिपायल राजपुरले एक महिना पहिले व्यवसाय सञ्चालन गरीरहेका तर समाग्री नहुँदा समस्यामा परेका व्यवसायीहरुलाई आवस्यक पर्ने सामाग्री माग गर्नकालागि आवेदन दिन माग गरेको थियो । घरेलु तथा साना उद्योग बिकास समिति दिपायल राजपुरले जिल्लामा उद्यमीहरुको सिप बिकास लगायत अन्य व्यापार व्यवसायमा सहयोग पु¥याउने हेतुले बर्षेनी लघु उद्यम सम्बन्धि तालिम तथा उपकरणहरु बितरण गर्दै आएको छ ।