सम्मेलनको तयारी पूरा

0
Shares

रुकुम, (नेस)
पहिलो पटक हुन लागेको कर्णाली प्रदेश स्तरको बृहत सांस्कृतिक सम्मेलनको तयारी पुरा भएको छ । कर्णाली प्रदेशको सस्कृतिको प्रचार प्रसार र प्रर्बद्धनका लागी रुकुम पश्चिममा चैत्र २४ गतेदेखी हुने बृहत सांस्कृतिक सम्मेलनको तयारी पुरा भएको जिल्ला समन्वय समितीका सदस्य धनबीर ओलीले जानकारी दिनुभयो । \

जिल्ला समन्वय समिती रुकुम पश्चिमको आयोजनामा मुसिकोटमा पहिलो पटक प्रदेश स्तरकै सांस्कृतिक सम्मेलन हुन लागेको हो । चैत्र २४,२५ र २६ गते जनआन्दोलन दिवसको अवसर पारी बृहत सांस्कृतिक सम्मेलन आयोजना गर्न लागेको जिल्ला समन्वय समिती प्रमुख राजकुमार शर्माले बताउनुभयो ।

कर्णाली प्रदेशका लोपउन्मुख कला, संस्कृति, भेषभुषा तथा बाजागाजाको संरक्षण एवं प्रर्बद्धन गर्ने, रारा भ्रमण बर्षका उपलब्धीलाई संस्थागत गर्ने, रुकुम पश्चिमका रहेका मौलिक संस्कृतिको संरक्षण गर्ने, कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउन टेवा पुर्याउने, स्थानीय उत्पादित बस्तुलाई बजारीकरण गर्ने लगाएतका उद्देश्य राखेर उक्त सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको जिल्ला समन्वय समिती रुकुम पश्चिमले जनाएको छ ।

कर्णाली प्रदेशका १० वटै जिल्ला र प्रदेश नं ५ अन्र्तगत रुकुम पुर्व जिल्लाबाट पनि समन्वय समिती प्रमुखको नेतृत्वको टोलीले सांस्कृतिक सम्मेलनमा भाग लिने छ । यसै गरी जिल्लामा रहेका बिभिन्न ऐतिहासिक क्षेत्रलाई पर्यटकिय नगरीको रुपमा विकास गर्ने र सांस्कृतिक संग्रालय बनाइने छ ।