घरभित्रै मृत फेला

0
Shares

सर्लाही, (नेस)
सर्लाहीको बसबरिया गाँउपालिका–६ मा एक महिलाको शव घर भित्रै मृत अवस्थामा फेला परेको छ । स्थानीय २२ वर्षिया सागरदेवी मुखियाको मृत शव शनिबार बिहान घरमा फेला परेको हो । उनलाई राति कसैले हत्या गरेर भागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

मृत सागरदेवीले यश भन्दा पहिले पनि श्रीमानले आफुमाथी पटकपटक कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दर्ता गरेकी थिईन । शनिबार बिहान शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । घरमा एक्लै मृतको मात्र शव रहेकाले परिवारबाट हत्या गरेर भागेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानाएको छ ।उनको घरमा रहेका सबै जना फरार भएकाले खोजी भैरहेको प्रहरीले जनाएको छ ।