प्रसूति सेवा लिने अत्यधिक

0
Shares

दोलखा, (नेस)
सदरमुकाम चरिकोटमा रहेको प्रस्तावित चरिकोट अस्पतालमा तीन बर्षको अवधिमा झण्डै २३ सय महिलाले सुरक्षित प्रसुती सेवा लिएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले बताएका छन् ।

प्रस्तावित चरिकोट अस्पतालको सञ्चालन व्यवस्थापन न्याय हेल्थ नेपालले सुरु गरेपछि प्रसुती सेवा लिने महिलाहरुको संख्या अत्यधिकमात्रामा बृद्धि भएको मेडिकल डाईरेक्टर डाक्टर दंगाल बताउछन् । प्रस्तावित चरिकोट अस्पतालमा तीन बर्षको अवधिमा जिल्लाको अन्य स्वास्थ्य केन्द्रबाट संप्रेशण भै प्रसुतीको लागि आएको महिलाहरुको संख्यामात्र दुई सय भन्दा बढी रहेको डाक्टर दंगाले बताए ।

आर्थिक बर्ष ०७५÷०७६ को फागुन महिनामामात्र एक सय ८ जना महिला प्रसुती सेवा लिन प्रस्तावित चरिकोट अस्पतालमा आएको र त्यसमा ७१ जनाको सामान्य प्रसुती भएको र १७ जनाको सल्यक्रिया भएको अस्पतालका नर्सिङ इन्चार्ज जेनी श्रेष्ठले बताईन ।

प्रस्तावित चरिकोट अस्पताल न्याय हेल्थले सञ्चालन सुरु गरेको पहिलो बर्ष आर्थिक बर्ष ०७३÷०७४ मा जिल्लाको अन्य स्वास्थ्य केन्द्रबाट संप्रेशण भै प्रसुतीको लागि कोहि पनि नआएको तर आर्थिक बर्ष ०७४÷०७५ र ०७५÷०७६ मा भने दुई सय भन्दा बढी सुत्केरी महिलाहरु अन्य स्वास्थ्य केन्द्रबाट संप्रेशण भै प्रसुतिको लागि आएको अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले बताए ।