लायन्सको भेटघाट जारी

0
Shares

पोखरा, (नेस)
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको आसन्न महाधिवेशनका लागि डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार ईन्दु लम्साल र फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर पदका उमेद्धार मनबहादुर रोकाको भेटघाट र शुभकामना लिने क्रम जारी रहेको छ ।

लायन्स क्लब अफ काठमाण्डौं भृकुटी र सामाखुशीको आतिथ्यतामा शुक्रवार पोखरामा रहेका लायन्स लिडरहरुसँग भेटघाट र शुभकामना कार्यक्रमको आयोजना गरी शतप्रतिशत ‘एस भोट’का लागि सम्पूर्ण लायन्स प्रतिनिधिहरु समक्ष आग्रह गरेका छन् ।

वैशाख १३ र १४ गते पोखरामा डिष्ट्रिक्टको सातौं राष्ट्रिय महाधिवेशन हुँदैछ । डिष्ट्रिक्टको नेतृत्व डिष्टिक्ट गर्भरबाट हुने गर्छ भने उत्तराधिकारीको रुपमा प्रथम र द्धित्तिय भाईस गर्भनर रहने प्रावधान रहेको छ । लायन्सको अन्र्तराष्ट्रिय प्रावधान अनुसार फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर स्वतः गर्भनर र द्धित्तिय भाइस डिष्ट्रिक्ट गभर्नर फस्ट भाइस गभर्नर हुने गर्दछ तापनि शतप्रतिशत एस भोट लिनुपर्ने हुन्छ ।

कार्यक्रममा बोल्दै आगामी बर्ष (२०१९÷०२०)का लागि डिष्ट्रिक्ट गभर्नर पदका उमेद्धार लम्सालले आगामी बर्ष डिष्ट्रिक्टको नारा राइज टु ईम्पावर घोषणा गर्दै ‘अवसरबाट बञ्चित तथा बेरोजगारहरुलाई सिप हस्तान्तरण, लायनवाद मार्फत समाज रुपान्तरण’ नाराका साथ डिष्ट्रिक्ट बाईर्फगे्रशन पछिका डिष्ट्रिक्ट गर्भनरहरुले आफ्नो कार्यकालमा ल्याएका महत्वपुर्ण कार्यक्रमहरुलार्ई निरन्तरता दिदै आगामी वर्ष लायन्सलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता व्यक्त गरिन् ।

फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरका उमेद्धार रोकाले ’सकारात्मक सोच, संगठनात्मक भावना र सामुहिक नेतृत्व’ नै हाम्रो लायानिज्मको धरातल रहेको बताउदै डिष्ट्रिक्ट गभर्नरको जुन अभियान हुनेछ यसलाई पूर्ण सफल बताउन आफूले जानेको, आफ्नो बलबुुताले भ्याएसम्म कार्यकाल सफल बनाउनका निमित्त शतप्रतिशत साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।