मोडिएको बाटोको चर्चा

0
Shares

काठमाडौं, (नेस)
चर्चित लोकगायक खड्ग गर्बुजाको आत्मकथा ‘मोडिएको बाटो’ पुस्तकले समेटेका बिषयहरु महत्वपुर्ण रहेको बताइएको छ ।

घोस्टराइटिङ नेपालले आयोजना गरेको कार्यक्रममा खड्ग गर्बुजाले आफूले राम्रो कुरा बाहिर आउन् नराम्रो कुरा भित्रै लुकुन् भन्ने प्रकारको पुस्तक पढिरहेको वर्तमान समयमा आफूले भित्र जे छ त्यही देखाएर किताब लेखेको बताउनुभएको छ ।

उहाँले जीवनमा दुर्घटनाको कारण आफ्नो खुट्टा नचल्ने भएर ह्वील चेयरमा हिँडनुपर्ने भए पनि आफू अविरल लोकसंगीतमा लागेको बताउनुभएको छ । घोष्टराइटिङ नेपालको सम्पादक बरिष्ठ पत्रकार टंक पन्तले राज्यले माया गर्ने राज्यका लागि चाहिने व्यक्तिको पुस्तक मोडिएको बाटोमा आएको बताउनुभयो ।

प्रकाशक घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले प्रत्येक मान्छे पुस्तक भएको र त्यसका लागि आफू लागिरहेको र खड्ग गर्बुजाको पुस्तकले ग्लुकोजकै काम गर्ने बताउनुभएको छ । पुस्तकका सम्पादक अमृत दाहालले पुस्तकको उत्पत्ति फरक क्षमताका बाबजुद लडिरहेको देखेर खड्ग गर्बुजाको सम्पादन गरेको बताउनुभयो ।