आर्थिक प्रलोभनमा पार्न खोज्ने समातिए

0
Shares

काठमाडौं, (नेस)
काठमाडौं महानगरपालिका–१५ बाफलमा डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपियाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं वानियाटार बस्ने लमजुङ घर भएका ४३ वर्षीय रामशरण अधिकारीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा बा.२५ प ४१४६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक अधिकारीले कानुनी कारबाहीबाट बँच्न कानुन विपरीत प्रहरीलाई उक्त रकम दिन खोजेपश्चात प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।