सडक पुलमा सिसि क्यामरा जडान

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर
सूर्यविनायक नगरपालिका र भक्तपुर नगरपालिकाको सिमानामा रहेको सूर्यविनायकमा रहेको कालाचा खोलामा दुईवटा सिसि क्यामरा र एक मोनिटर जडान गरिएको छ । अरनिको राजमार्गमै जोडिएको कालाचा खोलामा पटक पटक सफा गर्दा पनि यहाँका बासिन्दा र भक्तपुर नगरपालिकाका क्षेत्रका बासिन्दाले फोहोर फाल्ने गरेको भन्दै सिसि क्यामरा जडान गरिएको हो ।

कार्यक्रममा प्रतिनिधीसभाका सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले सिसि क्यामराको उद्घाटन गर्दै खोला र अरनिको राजमार्गमा ठाउँ ठाउँमा सिसि क्यामरा जडान गरिएकाले फोहोर फा

ल्नेलाई अब नियन्त्रणमा लिएर कारबाही गर्ने बताउनुभयो ।
कार्यक्रममा निर्माण व्यवसायी महासंघ भक्तपुरका अध्यक्ष निरञ्जन बजगाईले सरसफाई अभियान चलाएको एक वर्ष नाघिसक्दा पनि अझै सचेत नहुने र जथाभावी फोहोर फाल्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताउनुभयो । त्यसअवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सफाई अभियानलाई निरन्तर दिने बताउदै जथाभावी फोहोर नफाल्न आग्रह गर्नुभयो ।

हनुमन्ते सरसफाई अभियानका अभियन्ताले कालाचा खोलामा पटक पटक सफाई गरेपनि फोहोर फाल्ने क्रम निरन्तर बढिरहे पछि फोहोर फाल्नेलाई पक्राउ गरि आवश्यक कारबाही गर्न सिसि क्यामरा जडान गरिएको सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष किरण थापाले जानकारी दिनुभयो । क्यामरा र मोनिटर ज्योति विकास सहकारी संस्थाको सहयोग जडान गरिएको हो ।