लागूऔषधसहित पक्राउ

0
Shares

काठमाडौं, (नेस)
काठमाडौं नागढुङ्गामा उदयपुरबाट काठमाडौं आउँदै गरेको ना५ख ११९८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार सुनसरी गढी गाउँपालिका–७ घर भएका २० वर्षीय विकास साहलाई नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ५० एम्पुल, फेनारगन १ सय ५० एम्पुल र नुर्फिन १ सय ५० एम्पुलसहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

यसै गरी काठमाडौं, नागढुङ्गाबाटै बाँके कोहलपुर नगरपालिका–१५ घर भएका २६ वर्षीय सन्तोष यादवलाई नियन्त्रित लागूऔषध नाइट्राभेट २६ ट्याब्लेट र स्पार्ट १९ ट्याब्लेटसहित शनिबार प्रहरीले पक्राउ गरेको छ । नेपालगन्जबाट काठमाडौं आउँदै गरेको ना७ख २७७६ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार यादवलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।