अग्नि नियन्त्रणसम्बन्धी प्रदर्शनी

0
Shares

खोटाङ, (नेस)
खोटाङमा आगलागीबाट जनधनको क्षति न्युनिकरण गराउने उदेश्यले अग्नी नियन्त्रण सम्बन्धी प्रदर्शनी गरिएको छ । घरमा आगलागी भएको खण्डमा नियन्त्रण गर्ने तरिकाबारे स्थानीयलाई जानकारी गराउने उदेश्यले दिक्तेलबजारको हेलिप्याडमा उक्त प्रदर्शनी गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राबिधिक सहयोगमा सञ्चालित अग्नी नियन्त्रण सम्बन्धी ५ दिने तालिमका सहभागीहरुले शनिबार अग्नी नियन्त्रण प्रदर्शनी गरेको हो । गत चैत्र २० गतेदेखि दिक्तेलबजारमा जारी बिपद जोखिम न्यूनिकरण तथा अग्नी नियन्त्रण तालिमका सहभागीले कृतिम घरमा आगलागी गराई बिभिन्न ढंगले नियन्त्रण गरेका थिए ।

सहभागीहरुले फायर एक्टुङचर, माटो, पानी, जुटको बोरा तथा स्थानीय साधनहरुको प्रयोग गरी आगो नियन्त्रण गर्ने तरिकाहरु प्रदर्शन गरेको रेडक्रस जिल्ला शाखाको संयोजक लोकमायाँ थापाले जानकारी दिनुभयो । आगलागीको अति जोखिमयुक्त क्षेत्रको रुपमा रहेको दिक्तेलबजारमा अग्नी नियन्त्रकहरु उत्पादन गर्ने उदेश्यले तालिमको आयोजना गरिएको थापाको भनाई छ ।

तालिममा बजारमा रहेका ८ वटा टोल बिकास समितिका दुई÷दुई जना, नगरपालिकाका सवारी चालक, जिल्ला प्रहरी र शसस्त्र प्रहरी बल हलेसी गुल्मका प्रतिनिधि सहभागी बनेको जनाईएको छ । तालिमको अन्तिम दिन दमकलबाट आगो नियन्त्रण गर्ने प्रयोगात्मक अभ्यास गरिने आयोजकले जनाएका छन् ।