सिद्धार्थ बैंकको शाखा लुक्लामा खुल्यो


काठमाडौं, (नेस)
सिद्धार्थ बैंकले सोलुखुम्बुको लुक्लास्थित खुम्बु पासाङ ल्हामु गाउ“पालिकामा नया“ शाखा सञ्चालनमा ल्याएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोेहण गर्न आउने पर्यटकहरूको घुइ“चो रहने हुनाले सिद्घार्थ बैंकले सर्वसुलभ रूपमा देश तथा विदेशका पर्यटकहरू तथा उक्त क्षेत्रका सर्वसाधारण लगायत उद्यमीेमाझ सबै प्रकारका बैंकिङ सेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

त्यस्तै बैंकको एटीएम र पीओएसमा मास्टर कार्ड र भिसा कार्डहरुबाट सजिलै कारोबार गर्न सकिने बैंकले जनाएको छ । उक्त शाखा सहित बैंकले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ सेवा, १६० एटीएम र १२ सयभन्दा बढी पीओएस मेसिनमार्फत् बंैैकिङ सेवा प्रदान गर्दै आएको छ ।