ग्लोबल आइएमई बैंकद्वारा हावाहुरी पीडितलाई राहत वितरण


 

काठमाडौं, (नेस)
ग्लोबल आइएमई बैंकले सामाजिक उत्तरदायित्वअन्र्तगत बारा र पर्सा जिल्लाका हावाहुरीपीडितलाई राहत सामग्री वितरण गरेको छ ।
बैंकले बारा जिल्लाका पीडित ५० घरपरिवारलाई भा“डाकु“डा, थाल–कचौरा, झुललगायतका सामग्री वितरण गरेको हो ।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी, पहिरो, भूकम्पलगायतका विपद्को समयमा सहयोग गर्दै आएको छ।