सिटिजन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

0
Shares

काठमाडौं, (नेस)
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बाल भविष्य योजनाअन्र्तगत मृत्यु दाबी भुक्तानी वापत ३ लाख रुपिया“ रकम हस्तान्तरण गरेको छ।
बर्दिबासमा एक कार्यक्रमको आयोजना गरी स्वर्गीय मीनबहादुर थापाकी भिमकुमारी थापालाई उनका बीमित छोरीको हकमा उक्त रकम प्रदान गरिएको थियो ।

बर्दिबास नगरपालिकाकी थापालाई प्रदेशसभाकासांसद शारदा थापा तथा बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष प्रलाद क्षेत्रीले संयुक्तरुपमा बीमांक रकम वापत २ लाख ५० हजार र काजक्रिया खर्च सुविधा अन्तर्गतको रु ५० हजार गरी जम्मा ३ लाखको चेक हस्तान्तरण गर्नुभयो । सिटिजन बाल भविष्य योजना अन्तर्गत प्रस्तावक थापाको मृत्युपश्चात बीमित छोरी सुमना थापाले बीमा शुल्क नतिरिकनै बीमा १५ वर्षसम्म मासिक २५०० को हिसाबले जम्मा ४ लाख ५० हजार साथै परिपक्व मितिमा थप बीमांकको २ लाख ५० हजार र बोनस रकम प्राप्त गर्नेछन् ।

जीवन सारथी योजनाअन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन् भने क्रिटिकल केयर प्लसमार्फत बीमितले सर्वाधिक २० घातक रोगहरु विरुद्ध ५० लाखसम्मको औषधि उपचार खर्च प्राप्त गर्नेछन् । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालका ६३ ठाउ“मा शाखा विस्तार गरेको छ ।