क्रसर उद्योगविरुद्धमा स्थानीय अनसनमा

0
Shares

नेपाल समाचारपत्र, विराटनगर
मोरङको उर्लाबारी १ मा मानव वस्तीको बीचमा स्थापना भएका क्रसर उद्योगविरुद्धमा स्थानीय आन्दोलित भएका छन् । मापदण्ड विपरित वस्तीको बीचमा स्थापना भएका क्रसरले धुलो, ध्वनी तथा वातावरणीय प्रदुषणले असर परेको जनाउ“दै पा“च दिनदेखि स्थानीय बिहीबारे झारसा“दीमा रिले अनसन गरिरहेका छन् ।

क्रसरबाट प्रत्यक्ष पीडित शम्मरबहादुर राईको संयोजकत्वमा अनसन शुरु गरी क्रसरमा जाने ट्रिपर, लोडरसहितका सामग्री अवरोध गरेका छन् । घर वस्तीको ७० मिटर मात्र दूरीमा रहेको पञ्चेश्वर सहितका क्रसर उद्योगको आवाजले राति सुत्न बाधा गरेको साथै धुलोले बाली नालीलाई असर गरी मानिस विरामी पर्न थालेको स्थानीयको भनाइ छ । क्रसरका कारण एउटा मात्रै समस्या होइन आफूहरुले चौबीसै घण्टा समस्या खेप्नुपरेको स्थानीय रमेश रम्तेलले बताउनुभयो ।

क्रसरको ढुंगा गिट्टीले आफ्नो खेत समेत पुर्न थालेको संघर्ष समिति संयोजक शम्मरबहादुर राईले बताउनुभयो । बस्तीभन्दा टाढा रहनुपर्ने क्रसर उद्योग बस्ती नजिकै ५ वटा स्थापना भएका छन् । स्थानीय सँधियारलाई समेत जानकारी नगराई वातावरणलाई असर पर्ने गरी उद्योग खोलिएको भन्दै पूर्व आएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत स्थानीयले ज्ञापनपत्र बुझाएका छन् । हजार घरपरिवार प्रत्यक्ष रुपमा यसबाट असर पर्ने भन्दै प्रदेश सरकार, नगरपालिका समेतमा निवेदन दिने मात्र होइन उच्च अदालतमा समेत मुद्दा दायर गरेका छन् ।

क्रसर स्थापनामा सिफारिस गर्ने र स्वीकृति दिने निकायले चलखेल गरेको उनीहरुको आरोप छ । बस्तीमा क्रसर उद्योग सञ्चालन भएको र त्यसको विरोधमा स्थानीय आन्दोलित भएको जानकारी पाएपछि उर्लावारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारी सो स्थलको निरीक्षण गर्नुभएको छ । सो क्रममा उहा“ले त्यहा“ मानववस्तीलाई असर पर्ने गरी क्रसर सञ्चालन भएको बताउनुभयो ।