आर्थिक समृद्धि र विकासमा व्यवसायी लाग्नुपर्नेमा जोड

0
Shares

नेपाल समाचारपत्र, नुवाकोट
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले आर्थिक समृद्धि र विकासको मुल मर्म बोकेर व्यवसायी अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नुवाकोट उद्योग वाणिज्य संघको १६औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन उहा“ले गर्दै सो कुरा बताउनुभएको हो ।

अध्यक्ष राणाले नुवाकोट त्रिदेशीय मार्गको रुपमा रहेकोले जिल्लाले त्यसको उचित फाइदा लिनुपर्ने बताउनुभयो । राणाले फरक प्रसंगमा देशको इतिहासमै पहिलोपटक बलियो सरकार रहेको भन्दै उद्यमी व्यवसायीलाई समस्या आएमा सरकार समक्ष राख्न सकिने बताउनुभएको छ ।

साधारणसभामा मन्तव्य राख्दै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीले आफ्नो कार्यकालमा एक जिल्ला एक उत्पादन कार्यक्रमअन्र्तगत रेक्वो ट्राउट माछा व्यवसायलाई विस्तार गर्न नेपालमै पहिलोपटक ट्राउट माछाको दाना उद्योग स्थापना गर्न सफल भएको बताउनुभएको थियो । कार्कीले जिल्लाका अलैंची कृषकको व्यवसाय वृद्धिका लागि मेसिन तथा औजार प्रदान गरी प्रशोधन केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो । त्यस्तै पा“चौ नुवाकोट महोत्सवबाट बचत हुन आएको २१ र संघको आन्तरिक स्रोतबाट एकलाख थप गरी पिपलटारमा ५ आना जग्गा संघको नाममा खरिद गरिएको उल्लेख गर्नुभयो ।

त्यस्तै नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भुवनलाल राजभण्डारीले नुवाकोटमा जलविधुतको प्रचुर सम्भावना र व्यापार व्यवसायको विविधता भएको भन्दै त्यसलाई साकार रुप दिन नुवाकोट उद्योग वाणिज्य संघ लागि पर्ने बताउनुभएको थियो । त्यस्तै वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गदै महासचिव दीपक कायस्थले जिल्लामा विकासको प्रचुर सम्भावना भएको भन्दै त्यसको लागि व्यवसायी फुटेर नभई जुटेर जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा कोषाध्यक्ष गीता अमात्यले आर्थिक वर्ष २०७४÷७५ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दे संघमा रहेका व्यवसायीको सफलता र कारोबारलाई नियमसंगत बनाउन आन्तरिक राजस्व कार्यलयस“ग समन्वय गर्दै व्यवसायीलाई करको दायरामा ल्याइ व्यवसाय सरल र सुलभ पार्ने पहल भइरहेको जानकारी दिनुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गीता दाहाललगायतका विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।