ढिलासुस्ती गर्ने निर्माण व्यवसायीप्रति आक्रोश

0
Shares

खोटाङ, (नेस)
खोटाङस्थित मध्यपहाडी लोकमार्गलगायत राष्ट्रिय महŒवका सडक तथा पुल निर्माणमा चरम ढिलासुस्ती र कम गुणस्तरको काम गर्ने निर्माण व्यवसायीप्रति स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

सरोकारवालाले कालोपत्रेको काम भइरहेको मध्यपहाडी लोकमार्ग अन्तर्गतका विभिन्न खण्ड, महुरे–फोक्सिङटार सडक कालोपत्रेलगायतको काममा भएको ढिलाई र कम गुणस्तरको विषयमा निर्माण व्यवसायीबीच प्रश्न उठाएका हुन् ।

जिल्लाको बतासे र राजापानी जोड्ने साप्सु खोलाको सडक पुल, साप्सु खोलाकै मात्तिम र लफ्याङ जोड्ने सडक पुल, मनमायाँ राई खानीडा“डा विमानस्थल मर्मतलगायतका ठूला आयोजनाको काम सम्बद्ध निर्माण व्यवसायीलाई स्थानीयले चेतावनीको भाषामा प्रश्न उठाएका हुन् ।

ठेकेदारको चरम ढिलासुस्ती र गुणस्तरहिन काम भएको भन्दै गुनासो आएपछि जिल्ला समन्वय समितिले सम्बद्ध निर्माण कम्पनीका प्रमुख तथा प्रतिनिधिलाई छलफलका लागि बोलाएको थियो । छलफलमा उपस्थित जनप्रतिनिधि, नेता, स्थानीय लगायतले सडक, पुल, भवन निर्माणमा भइरहेको ढिलासुस्ती र गुणस्तरहिन कामका विषयमा निर्माण कम्पनीका प्रतिनिधिमाथि कारबाहीको माग गरेका छन् । योङ कम्युनिष्ट लिग खोटाङका अध्यक्ष मिलनचन्द्र राईले अटेर गर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले ढिलासुस्ती गर्ने र गुणस्तहिन काम गर्ने ठेकेदारलाई नछाड्ने चेतावनी दिनुभयो ।