मौसम बिग्रिदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

0
Shares

 

नेपाल समाचारपत्र, काठमाडौं
प्रतिकूल मौसमको कारण त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एक दर्जन उडान प्रभावित भएका छन् ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालयको ब्रिफिङ शाखाले दिएको जानकारीअनुसार अन्तर्राष्ट्रिय उडानतर्फ चीनबाट आएको तीन वटा उडान डाइर्भट भएको छ भने आन्तरिक उडानतर्फका एक दर्जनको हाराहारीमा प्रभावित भएकोे छ ।

आन्तरिक उडानमा धनगढी र नेपालगन्जको उडान डाइर्भट भएको छ भने माउन्टेन फ्याइटहरु पनि प्रभावित भएको जनाइएको छ । विहानको ८ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको खुल्लन हुने समयमा ४ हजार मिटरसम्मको भिजिविलिटी रहेको थियो । उडानको हिसाबले मौसम राम्रो नै भएको विमानस्थल कार्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रियतर्फ चाइनाबाट आएको एयर चाइनाको विमान लासा विमानस्थलनै डाईभट भएको । अर्का एयर छेन्दु छन्दुनै फर्किएको छ भने सिचुवान एयरको विमान पनि लासामै डाईभट भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

काठमाडौं प्रवेश गर्ने (इनरुट वेदर) बिग्रिएकाले उडान प्रभावित भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । शनिवार भिजिविलिटी कम ह“ुदा भिजुवल प्लाइट रुट ‘भीएफआर’ (आ“खाले हेरेर गर्ने उडान) नहु“दा पनि उडान प्रभावित भएका हुन् । भिजिबिलिटि कम हु“दा ‘आइएफआर’ इन्टुमेन्टल फ्लाई रुटमार्फत उडान गरिने गरिन्छ।

आन्तरिकतर्फ शनिबार लुक्लामा कुनै पनि उडान भएको छैन । पोखरामा पनि दिउ“सो केही उडान भएको थियो । तर, अधिकांश उडान रद्द भएको छ ।
त्यस्तै धनगढी, नेपालगन्ज, भैरहवामा पनि उडान प्रभावित भएको छ । विमानस्थल कार्यालयले जनाएअनुसार देशभरको मौसममा आएको प्रतिकुलताले गर्दा ती उडान प्रभावित भएको जनाइएको छ ।

विमानस्थलको निर्माणको काम भइरहेकाले गर्दा लुक्लाको धेरै उडान रामेछापबाट हु“दै आएको छ । रामेछापबाट लुक्ला उडान भने दर्जनको हाराहारीमा भएको थियो । दिउ“सो ३ बजेबाट भिजिबिलिटीमा सुधार आएस“गै उडान सम्भव भएको रामेछाप कार्यालयको एटीसी अफिसर प्रल्हाद निरौलाले बताउनुभयो ।

रामेछापबाट सामान्य समयमा ३ दर्जन उडान ह“ुदै आएको छ । विमानस्थललेको आन्तरिक उडानको हवाई चाप कम गर्नेको लागि सोलुखुम्बुको लुक्लामा हुने उडानलाई व्यवस्थापन गर्दै रामेछापमा सरारिएको छ । सो क्षेत्रमा उडान गर्ने तारा, गोमा, सीताले रामेछापबाट उडान भर्दै आएका छन् ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ गतेदेखि २०७६ असार १५ गतेसम्म राति १० बजेदेखि विहान ८ बजेसम्म बन्द गरेर धावनमार्ग मर्मतको काम भइरहेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य गरी दैनिक ३ सय ५० भन्दा बढी उडान हुँदै आएको छ ।

प्राविधिक समस्या आएपछि कतार एयरलाइन्सको उडान रद्द
कतार एयरलाइन्सले काठमाडौ आउने विमानमा प्राविधिक समस्या आएपछि शनिबार सा“झको दोहा–काठमाडौं उडान रद्द गरेको छ ।

काठमाडौं आउने विमानमा प्रविधिक समस्या आएस“गै अन्य क्षेत्रबाट दोहा हु“दै काठमाडौं आउने र काठमाडौंबाट दोहा जाने उडान रद्द गरिएको कतार एयरले जनाएको छ । दोहामा रहेका यात्रुलाई अन्य विमानबाट काठमाडौं ल्याएर काठमाडौंका यात्रुलाई दोहा उडान भर्दा रातिको १० बज्ने भएकाले सबै यात्रुलाई आवासको व्यवस्थासहित आइतबार उडान गर्ने गरी व्यवस्थापन गरिएको जनाइएको छ ।

त्रिभुवन विमानस्थल राति १० बजेपछि बन्द हुन्छ । कतार एयरवेजको ए ३३०–२०० शनिबार सा“झ ७ः५५ मा काठमाडौंबाट दोहा उड्नुपर्ने थियो । दोहाबाट काठमाडौ अवतरण गर्दा ढिला हुने थियो ।