गाउँमा पनि करोडौं लगानीमा होटल खुल्दै

0
Shares

गणेश घिमिरे, इलाम
शहर केन्द्रित सेवा सुविधा गाउ“मा प्राप्त हुन थालेपछि पछिल्लो समय इलामका गाउ“ गाउ“मा पनि करोडौं रुपिया“ लगानीमा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेको छ । जिल्लाको पश्चिम क्षेत्रमा सडक विस्तारको क्रम बढेसं“गै सुविधा सम्पन्न होटलको निर्माण हुन थालेको हो ।

स्थानीय देउमाई नगरपालिका–४ स्थित मंगलबारेमा अहिले एक करोड रुपिया“भन्दा बढी लगानीमा होटल सञ्चालनमा आएको छ । स्थानीय तीनजना युवाले संयुक्त लगानी गरेर ‘भिन्तुना रेस्ट्रो’ सञ्चालनमा ल्याएका छन् । नौ रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा अझै ५० लाख खर्च हुने सञ्चालकहरु बताउ“छन् ।

होटलमा सबै किसिमका खानाका बनाउन थालेको सञ्चालकमध्येका एक विक्रम श्रेष्ठले बताउनुभयो । रिसोर्टको अवधारणामा सञ्चालित रेस्ट्रोमा स्थानीय विक्रम श्रेष्ठ, पवन श्रेष्ठ र किरण राईले लगानी गरेका हुन् ।

)‘२० वर्षका लागि जग्गा भाडामा लिएर होटल सञ्चालन गरेका छौ’ं श्रेष्ठले भन्नुभयो–‘होटलमा नेपालीसहित चाइनिज, इटालियन, इण्डियनलगायतका परिकार बन्छ ।’ दुईसय क्षमता सहितको सभाहल समेत होटलमा छ । होटलले पाङसा माछाको समेत सेवा दिन थालेको छ ।

होटलसम्म पुग्नको लागि अपांगमैत्री बाटोको निर्माण समेत गरिएको छ । यस्तै कोरियाको तीन वर्र्षे रोजगारीबाट फर्किएर सोही नगरपालिकाकै चमैतास्थित रा“के बजारमा पर्यटकलाई लक्षित अर्का युवाले ‘चमु होटल’ स्थापना गरेका छन् । ३ करोड १५ लाखको लगानीमा सोही स्थानका प्रकाश बस्नेतले होटल स्थापना गरेका हुन् । मेची राजमार्गको छेउमै होटल स्थापनापछि इलाम, पा“चथर र ताप्लेजुङतर्फ आउजाउ गर्ने पर्यटकलाई फाइदा पुगेको छ । करिब डेढ सयजना अटाउने गरी व्यवस्थित मिटिङ हल पनि निर्माण गरिएको छ ।

गायनमा समेत पोख्त बस्नेत जस्तै करोडौं खर्चेर होटल खोल्ने तन्नेरी पुस्ताको जमात बढ्दै गएको छ । यस्ता युवामा कोही वैदेशिक रोजगारीबाट फर्केका छन् । रा“के बजारमै अर्का युवा भवानी अधिकारीले पनि ‘एसडी ग्रान्ज’ होटल दुई करोड लगानी गरेर होटल खोल्नु भएको छ ।

सम्भावना भएर पनि उचित विकास हुन नसकेका पर्यटकीय क्षेत्रमा खुलेका यस्ता होटल खुलेपछि पर्यटक आउने क्रम पनि बढेको स्थानीयको भनाइ छ ।
गाउ“गाउ“मा होटलमा लगानी बढ्ने क्रमस“गै सदरमुकाममा पनि होटलमा खुलेर लगानी हुन थालेको छ । होटललाई प्रवद्र्धन गर्न देउमाइ नगरपालिकाले पनि सकारात्मक सोच बनाएको नगर प्रमुख सूर्य पोख्रेलले बताउनुभयो । जिल्लाका अन्य पर्यटकीय गन्तव्य श्रीअन्तु, माइमझुवा, सुलुवुङको माइपातल, कन्यामलगायतका क्षेत्रमा पनि करोडौं खर्चेर होटल खुल्ने क्रम बढेर गएको हो ।

सदरमुकाममै पनि ग्रिनभ्यु र समिट होटलले करोडौं रुपिया“ खर्चेर होटल निर्माण गरेका छन् । होटल सञ्चालनको परम्परागत ढा“चा तोडि“दै गएपछि पर्यटक लक्षित होटलमा व्यवसायी आकर्षित भएका हुन् । घुमघामका लागि अनेकौं राम्रा ठाउ“ भए पनि पर्यटकमैत्री होटल नबन्दा उल्लेख्य प्रगति नभएको अवस्थामा पछिल्लोपटक होटल सञ्चालनमा बढेको उत्साहले सघाउ पुग्ने पर्यटनकर्मीहरूको बुझाइ छ ।