लाखौंका गाडी रातभर सडकमै

0
Shares

नेपाल समाचारपत्र, हेटौंड
स्थानीय चिल्ड्रेनपार्क छेउमा ना. ७ ख ५४८९ नम्बरको तेल ट्यांकर करिब दुई महिनादेखि पार्किङ गरि“दै आएको छ ।

बालबालिका खेल्न आउजाउ गर्ने ठाउ“मा महिनौं दिन पार्किङ गरिराख्नु अशोभनीय र असुरक्षित देखिएकाले तुरुन्त आफ्नो ट्यांकर लैजानु हुन ट्यांकरधनीलाई जानकारी गराइन्छ,’ हेटौंडाका युवा गणेश श्रेष्ठले केही दिनअघि सामाजिक सञ्जालमार्फत् आग्रहसहित चेतावनी दिनुभयो–‘कुनै दुर्घटना हुन गए वा कुनै किसिमको हानी÷नोक्सानी भए ट्यांकरधनी स्वयम् जवाफदेही हुनेछन् ।’

 

हेटौंडामा ‘मर्निङ वाक’ गर्नेहरुले यस्ता दृश्य देख्छन् । लाखौं मूल्य पर्ने कयौं निजी वा भाडाका सवारीसाधन रातभर घरअगाडिको सडकमा राखिएका हुन्छन् । घरमा पार्किङको पर्याप्त सुविधा नहु“दा महं“गा र नया“ गाडीले सडकमै रात बिताउनुपरेको छ । सवारीमा अत्याधुनिक सुरक्षा ताल्चा जडान भए पनि देशका विभिन्न स्थानमा सवारी चोरीका घटना भएका देखिन्छन् ।

लामो समयदेखि हेटौंडाबासीले ट्राफिकजाम झेल्दै आइरहेका छन् । बढ्दो शहरीकरण र सवारीसाधनको चाप प्रतिदिन बढ्दै जा“दा हेटौंडाको ट्राफिक व्यवस्थापनमा यो एक अर्को चुनौती भएको छ ।

हाल हेटौंडामा निजी सवारीसाधन रातभर सडकमै पार्किङ गर्नेको संख्या बढ्दो छ । घरमा पर्याप्त स्थानको सुविधा नभएका कारण गाडी घरबाहिरै पार्किङ गर्ने समस्या बढ्दै गएको ट्राफिक प्रहरीको भनाइ छ । रातभर गाडी सडकमा पार्किङ गर्नाले चोरीको डर हुने जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा बजारका विभिन्न स्थानमा अव्यवस्थितरुपमा सडक अतिक्रमण गरी व्यापार व्यवसाय गर्ने र जहा“ पायो त्यहीं पार्किङ गर्ने कार्यका कारण नगर अस्तव्यस्त बनेको छ । सर्वसाधारणका लागि निर्माण गरिएका सडकपेटी कब्जा गरेर पार्किंङ गर्ने गरिएका कारण हि“डडुलमा समस्या हु“दा सर्वसाधारणलाई समस्या परेको छ ।

गत वर्ष प्रहरीले चोरीका २ गाडी नियन्त्रणमा लिएको थियो । चोरिएका ना. ४ च ४३३२ र ना. ४ च ४८९४ नम्बरका पिकअप भ्यान जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो ।

चोरीका दर्जनौं सवारी साधन किनबेच भएको प्रहरीले जनाइसकेको छ । किर्ते कागजातका आधारमा दर्ता गरी चोरीका सवारीसाधनलाई वैधता दिने कार्य पनि भएका छन् । त्यस्ता सवारीसाधन सस्तो मूल्यमा खरिद गरी प्रयोग गर्नेलाई पनि प्रहरीले पक्राउ गर्दै आएको छ । यही गतिविधि रहने हो भने हेटौंडामा पनि सवारी चोरीका घटना बढ्न सक्ने ट्राफिक प्रहरी निरीक्षक वीरेन्द्रकुमार ठाकुरले बताउनुभयो ।

ट्राफिक प्रहरी निरीक्षक ठाकुरका अनुसार अधिक सवारी चाप हुनु र बाटो सा“घुरो भएका कारण यस्तो समस्या आइरहेको हो । ‘बाटो फराकिलो हुने हो भने पार्किङको समस्यामात्र नभएर सवारी चोरीको समस्या समाधान हुनेछ,’ उहा“ले भन्नुभयो–‘बाटो सा“घुरो भएका कारण हेटौंडा बजार क्षेत्रमा दैनिक तीन÷चार वटासम्म सवारी दुर्घटनामा पर्ने गरेका छन् ।’

प्रनि ठाकुरले भन्नुभयो–‘प्रत्येक चोकमा प्रहरी जनशक्तिले भ्याएका छैनन् । तर, चाप बढी हुने चोकमा काम कारबाही अगाडि बढाइरहेका छौं । ट्राफिक नियमविपरीत काम गर्नेलाई कारबाहीको दायरामा ल्याउने गरिएको प्रनि ठाकुरले दाबी गर्नुभयो ।