एम्पेरर २४ क्यारेट स्कच बजारमा

0
Shares

काठमाडौं, (नेस)
अभनिश डिष्टिलरी प्रालिले एम्पेरर २४ क्यारेट स्कच माल्टस्को बिक्री वितरण काठमाडौंमा शुरु गरेको छ ।यस कम्पनीका प्रवक्ताका अनुसार २०७४ साल असोजमा कम्पनीले बजारमा ल्याएको एम्पेरर स्कच माल्टस्को सकारात्मक प्रतिक्रियालाई मध्यनजर गर्दै यस वर्ष एम्पेरर स्कच माल्टस् बजारमा ल्याइएको हो ।

एम्पेरर २४ क्यारेट नेपाली बजारका लागि स्कटल्याण्डका विश्वप्रसिद्ध माल्ट मास्टर डेभिड स्लोनले तयार गर्नुभएको हो । कम्पनीका अनुसार यो उत्पादन तयार गर्न लगभग एक वर्षको समय लागेको थियो । डबल फिल्ट्रेशन गरी शतप्रतिशत शुद्ध बनाइएको गोल्डेन ग्रेन स्पिरिटलाई ६ महिनासम्म प्रशोधन गरी स्क्टल्याण्डका उत्कृष्ट डिष्टिलरीहरुबाट आयातित ८ वर्ष पुरानो स्कचस“ग मिसाएर एम्पेरर २४ क्यारेटको ब्लेण्ड तयार गरिएको हो ।

एम्पेरर २४ क्यारेट स्वाद लिनका लागि निट अथवा केवल दुईवटा बरफको टुक्रा राखेर पिउनुपर्ने यस कम्पनीका प्रवक्ता बताउ“छन् । ७५० मि.लि. एम्पेरर २४ क्यारेटको बजार मूल्य १२ रुपिया“ तोकिएको कम्पनीले जनाएको छ ।