करेन्ट लागेर एकको मृत्यु, चट्याङले एक घाइते

0
Shares

हेटौंडा ।
पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१० मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्बर–१० का ६१ वर्षीय सानुमान डिम्डुङ रहेको प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले बताउनुभयो ।

बिजुलीको पोल ढलेर करेन्ट लाग्दा उनको मृत्यु भएको हो । शनिबार विहान वर्षासँगैको हावाहुरीका कारण बकैया दशघरेमा बिजुलीको पोल ढलेर करेन्ट लागेको हो ।

हेटौंडा–११, नवलपुरमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् । घाइते हुनेमा हेटौंडा–१९ बस्ने २५ वर्षीया फुलमाया थोकर रहेको प्रहरी प्रवक्ता डीएसपी भट्टराईले बताउनुभयो ।