अवैध लागूऔषधसहित दुई जना पक्राउ

0
Shares

काठमाडौं ।
प्रहरीले अवैध लागूऔषधसहित दुर्इ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी गढी गाउँपालिका–७ घर भएका २० वर्षीय बिकाश साह रहेका छन् ।
प्रहरीले उनलाई काठमाडौं नागढुङ्गामा उदयपुरबाट काठमाडौं आउँदै गरेको ना।५ ख ११९८ नम्बरको बस जाँच गर्ने क्रममा पक्राउ गरेको हो । उनको साथबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ५० एम्पुल, फेनारगन १ सय ५० एम्पुल र नुर्फिन १ सय ५० एम्पुल त्रामद गरेको छ ।
यसैगरी काठमाडौं, नागढुङ्गाबाटै बाँके कोहलपुर नगरपालिका(१५ घर भएका २६ वर्षीय सन्तोष यादवलाई नियन्त्रित लागूऔषध नाइट्राभेट २६ ट्याब्लेट र स्पार्ट १९ ट्याब्लेट सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट काठमाडौं आउँदै गरेको ना।७ ख २७७६ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार यादवलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।