नेपाल प्रहरी अस्पतालको ३५औं बार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

0
Shares

काठमाडौं ।
नेपाल प्रहरी अस्पताल महाराजगंजको ३५औं बार्षिकोत्सवको अवसरमा कीर्तिपुर नगरपालिका(६ टौदहस्थित शुभकामाना एकेडेमीको प्राङ्गणमा शनिबार एकदिवसीय निस्शुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । नेपाल प्रहरी अस्पताल र नौलो अभियान सहकारी संस्था टौदहको संयुक्त आयोजनामा संचालित उक्त शिविरमा ५ सय ६७ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

शिविर संचालनका अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी र नेपाल प्रहरी अस्पताल महाराजगंजकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा। दुर्गा थापाले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी शिविरको उदघाटन गर्नुका साथै आ(आफ्नो मन्तव्य समेत व्यक्त गर्नुभएको थियो ।

शिविरमा सामान्य चिकित्सा, हाडजोर्नी, स्त्री तथा प्रसुती, शल्यचिकित्सा, चर्म तथा यौन रोग, दन्त रोग, बाल रोग, मानसिक रोग, नाक, कान, घाँटी, आँखा चेकअप, प्याथोलोजी, रेडियोलोजी, नेफ्रो, ड्रेसिङ तथा इसीजी लगायतमा स्वास्थ्य सेवा प्रदान गर्नुका साथै निस्शुल्क औषधी समेत वितरण गरिएको थियो ।

उक्त अवसरमा प्रदेश नम्वर ३ का प्रदेशसभा सदस्य पुकार महर्जन, उक्त अस्पतालका प्रहरी नायव महानिरीक्षक डा। मिनराज पाठक, कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सरस्वती खड्का, सोही नगरपालिका(६ का वडा अध्यक्ष न्हुच्छेबहादुर महर्जन, महानगरीय प्रहरी बृत्त कीर्तिपुरका प्रमुख, नौलो अभियान सहकारी संस्था टौदहका पदाधिकारीहरु, स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत अन्य स्थानीय बासिन्दाको समेत उपस्थिति रहेको थियो ।