भागवण्डा नमिलेपछि काङ्ग्रेस बैठक स्थगित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
शीर्ष नेतावीच कार्यसम्पादन समिति गठनमा भागवण्डा नमिलेपछि काग्रेस केन्द्रिय समिति बैठक स्थगित भएको छ । कार्यसम्पादन समिति गठन लगाएतका एजेण्डा सहित शनिवार केन्द्रिय बैठक आव्हान गरिएको थियो ।

कार्यसम्पादन समितिमा सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल वीच भागवण्डा मिलेपनि अर्का नेता कृष्णप्रसाद सिटौला संग भागवण्डाको कुरा नमिलपछि कार्यसम्पादन समिति गठनमा सहमति हुन नसकेको हो । २९ सदस्यीय कार्यसम्पादन समितिमा पदाधिकारी सहित वरिष्ठताको आधारमा सदस्य रहने व्यवस्था छ ।

काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कार्यसम्पादन समिति गठनमा थप छलफल र सहमति गर्नु पर्ने भएकोले बैठक स्थगित भएको हो । अघिल्लो दिन कार्यसम्पादन समिति गठन गर्ने बारे सभापति देउवा, वरिष्ठ नेता पौडेल र सिटौला लगाएत शीर्ष नेताहरु वीच छलफल भएको थियो । भागवण्डामा सिटौला पक्ष असन्तुष्ट रहे पनि शनिवार सम्म मिलाएर कार्यसमपादन समिति गठन गर्ने तयारी थियो ।

सभापति देउवाले दुईवर्ष अघि नै कार्यसम्पादन समिति गठन गर्नुभएको थियो । त्यसबेला कार्यसम्पादन समितिमा वरिष्ठतालाई प्राथमिकता नदिएको भन्दै चर्को विरोध भएपछि भङ्ग गरिएको थियो । त्यसबेला कार्यसम्पादन समिति गठन प्रति सबैभन्दा बढी विरोध केन्द्रिय सदस्य डा. शेखर कोइरालाले गर्नु भएको थियो । उहाले वरिष्ठको आधारमा राखिएको कार्यसम्पादन समितिका सदस्यहरुको लिष्टमा आप्mनो नाम नअटाएपछि सभापति देउवासंग वरिष्ठता मापनको जानकारी पनि माग्नु भएको थियो ।

कार्यसम्पादन समितिले कोन्द्रिय कार्यसमितिको एउटा बैठक र अर्को बैठकको अन्तरमा केन्द्रिय कार्यसमितिले गर्ने काम गर्नेछ । केन्द्रिय कार्यसम्पादन समितिले आप्mनो कामको विवरण कार्यसमिति बैठकमा पेश गरि अनुमोदन गराउने, पार्टी केन्द्रिय कार्यालय अन्तर्गत रहेका सम्पुर्ण विभागहरुको समिक्षा गर्ने र समय समयमा संसदीय दलको कार्यसमिति, संसदिय दलका विषयमा समितिका संयोजकहरुसंग विचार विमर्श पनि गर्ने कार्य गर्नेछ ।