रामपुरका कृषकलाई मौरीघार वितरण

0
Shares

बेझाड ।
‘एक घर एक मौरीघार’ अभियान कार्यक्रमअन्र्तगत रामपुरका कृषकलाई अनुदानमा मौरीघार वितरण गरिएको छ । रामपुर नगरपालिका–६ को कार्यालयमार्फत यहाँका २३ कृषकलाई अनुदानमा मौरीघार वितरण गरिएको हो । आज नगर प्रमुख रमणबहादुर थापाले कृषकलाई मौरीघार वितरण गर्नुभयो ।

नगर प्रमुख थापाले यस क्षेत्रमा मौरीपालन व्यवसाय बढाउन सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुने उल्लेख गर्दै महको अब क्षेत्रका रुपमा रामपुर नगरपालिकालाई चिनाउने बताउनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले यस कार्यक्रमले कृषकलाई आयआर्जनमा ठूलो टेवा पुग्ने बताउँदै कृषकले पनि सोहीअनुसार व्यावसायिक रुपमा मौरीका घार बढाएर आर्थिक क्षेत्रमा बलियो बन्न आग्रह गर्नुभयो ।

वडालाई पाँचभित्र कृषि क्षेत्रको विकास गर्ने लक्ष्यका साथ अनुदानमा मौरीघार वितरण गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो । सार्वजनिक सूचना जारी कृषकको मागका आधारमा वडा कार्यालयको रु एक लाख रकममा ७५ प्रतिशत अनुदानमा कृषकलाई मौरीघार वितरण गरिएको वडा सचिव वासुदेव ढकालले बताउनुभयो ।
रासस