गाउँमै बैंकको शाखा स्थापना, स्थानीय खुशीले हर्षित

0
Shares

बीरबहादुर बम, मुगु ।
मुगुका स्थानिय निकायको कार्यालय स्थापना सँगै बैङ्क स्थापना भए पछि सर्वसाधारण रुपैयाको कारोबार गर्न ३,४ दिनको पैदल लगाएर जल्ला सदरमुकाम गमगढि पुग्ने समस्याको सामाधान भएको छ । जिल्लामा रहेका चार स्थानिय निकाय मध्य छाँयानाथ रारा नगरपालिका गमगढि, सोरु गाँउपालिका अन्तरगत सोरुकोट,मुगुम् कार्मारोगंले राष्ट्रिय बाणिज्य बैक आफ्नो शाखा खोली सन्चालनका ल्याएको र खत्याड गाउँपालिका मा माछापुच्र्छे बैकं शाखा स्थापना भएको हुँदा स्थानियबासी गाँउ घरबाट बैंकबाट हुने सेवा पाउँदा निकै खुसी भएका छन् ।

बिगतका बर्षहरुमा आर्थिक तथा बैंकको कारोवार गर्दा सदरमुकाम गमगढी बजार २ दिन हिडेर जानु पर्ने २ दिन लगाएर घर र्फकनुपर्ने कुनै पनि बिकासी कामको कारोवार हो वा आफ्नो ब्याक्ति गत काम हो लागी सदरमुकाम पुग्नुपर्ने समय बढी लाग्ने र खर्च पनि बढी हुन्थो । तर हिजोआज बिहान घरबाट आयो बैंकको काम गरेर समयमा घर पुगीन्छ । खर्च कम लाग्ने हुदा निकै खुसी भएको सोरु गाउँपालिका वडा नम्बर ६ जिमा गाँउका कमान सिहं शाहीले बताएका छन ।

संघिय संरचनाको ब्याबस्था आए पछि नेपाल सरकारले प्रत्यक गाँउपालिकामा नगरपालिकामा निजि तथा राष्ट्रिय बाणिज्य बैक स्थापना हुनुपर्ने निति अनुसार ६ महिना पहिला सोरु कोटमा स्थापना भएको राष्ट्रिय बाणिज्य बैक सोरु गाँउपालिका अन्तरगर्त रहेका एक देखी चौध वडा भित्र रहेका जनताहरु र गाउँपालिकामा काम गर्ने कर्मचारी संघ सस्थाका कर्मचारीहरुलाई लक्षित गरी स्थापना गरीएपनि सेवा ग्राही एकदमै न्यून आउने धेरै जसो ब्याक्तिहरुको खाता सन्चालन जिल्लाबाटै भएको हुदा समस्या भएको छ ।

गाँउपालिकामा कार्यरत कर्मचारी र गाँउपालिकाले काम चलाउ जस्तो हिसावले मात्र खाता सन्चालन गरेका छन् । यही तरीकाले शाखा संचालनमा आउने हो भने संस्थानलाई घाटा छ । फोकटमा तलब खान मात्र आएको जस्तो लागेको छ, बिगतका बर्षहरुमा सिकेका सिपहरु पनि हराउँदै जाने चिन्ता लागेको छ । जागीर खाएको लामो अनुभब पछि हिजो(आज सोरु शाखामा काम गर्दा संस्थानको बेकामे तलव खाएजस्तो लागेको छ । गाँउपालिकाको शाखा खोलिएता पनि सबै कारोवार जिज्लाबाट सन्चालन भईरहेको राष्ट्रिय बाणिज्य बैक शाखा सोरुकोटका प्रमुख जय बहादुर मल्लले बताएका छन ।

मुगु जिल्लाका चार स्थानिय निकाय मध्य छायानाथ रारा नगरपालिका, खत्याड गाँउपालिका र सोरु गाँउपालिकामा बैकको ब्याबस्था भए पनि मुगमकामारोङ गाँउपालिकामा बैंक नहुँदा गाँउपालिकाको कार्यालय सदरमुकाम गमगढीमा रहि सबै आर्थिक कारोवार गमगढी बजारबाट सन्चालन गरेका छन् ।

फोटो क्याप्सन ः सदरमुकाम गमगढिबाट २० कोष टाढा रहेको सोरु गाउँपालिकाको सोरुकोटमा राष्ट्रिय बाणिज्य बैङ्कको शाखा बिस्तार भएपछि सर्वसाधारणको बैकिंक सेवाको सास्ति हटेको छ ।