चस्मा लगाएको र मेकअप नगरेको भन्दै मिस नेपालकी सहभागीलाई जजले थर्काएपछि… (भिडियो)

0
Shares

काठमाडाैं ।  मेकअप नगरेको भन्दै गाली खाएकी मिस नेपाल कनटेस्टेण्ट टप २६ मा पुगेकी छन् । केहि दिन अघि अडिसन दिएकि उनलाई मेकअप नगरेको र चस्मा लगाएको भन्दै जजले थर्काएका थिए । कम्प्युटर इन्जिनियरिङ गरिरहेको बताउने ललितपुरकि अश्मिता महर्जनलाई निर्णायक रचना गुरुङ शर्माले त्यस्ता प्रश्न गरेकी हुन् ।


अहिले सामाजिक संजालमा उनलाई दर्शकले गालीको बर्षा नै दिएका छन् । अश्मितालाई भने बिना मेकअप नै राम्री देखिएको भदै तारिफ गरेका छन् । तिनै सहभागी महर्जन अब प्रतियोगिताको अघिल्लो चरणमा पुगेकी छन्। एक फेसबुक पोस्ट मार्फत उनले यसबारे जानकारी गराइन् । उनले केहि समय अघि मात्रै ‘रोड टु मिस नेपाल २०१९’ भन्दै एक फेसबुक पोस्ट गरेकी थिइन् ।

हेर्नुहोस भिडियो :

https://youtu.be/LSZFjF-S_Fs