अन्तराष्ट्रिय कुँरास रेफ्री सेमिनार सम्पन्न

0
Shares

काठमाडौं । एसियाबाट अन्तराष्ट्रियस्तरका कुँरास रेफ्री उत्पादन गर्ने उद्देश्यले आयोजित अन्तराष्ट्रिय कुँरास रेफ्री सेमिनार बिहीबार पोखरामा सम्पन्न भएको छ ।

नेपालमा पहिलो पटक कुँरासको अन्तराष्ट्रिय रेफ्री सेमिनार भएको हो । सेमिनार अन्तर्राष्ट्रिय कुँरास एसोसिएसनको अफिसियल कार्यक्रम हो । सो सेमिनारमा नेपाललगायत आठ देशका रेफ्रीको सहभागिता रहेको संघले जनाएको छ । जसमा ताइवान, इन्डोनेसिया, हङकङ, कुवेत, ताजिकिस्तान, थाइल्यान्ड र अफानिस्तानका रेफ्रीको सहभागिता थियो । पोखरामा भएको सो सेमिनारमा थाइल्यान्डका प्रशिक्षकले प्रशिक्षण दिएका थिए ।

समापन समारोहमा प्रतिनिधि सभाका सांसद तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सहभागी रेफ्रीलाई प्रमाणपत्र प्रदान गरेका थिए । नेपालबाट सेमिनारमा १९ जनाको सहभागिता थियो ।

अन्य देशका १५ सहभागी रहेका थिए । सांसद श्रेष्ठले सेमिनारले रेफ्रीको क्षमता वृद्धि हुने र नयाँ नियमको विषयमा अपडेट हुने बताए ।

उनले नेपाल कुँरास संघका अध्यक्ष धुव्र न्यौपानेलाई महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा बधाई समेत दिए । ‘टेक्सिन जनशक्ति उत्पादन गर्नका लागि र अन्तर्राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्नका लागि नेपालमा यस्ता सेमिनार हुन आवश्यक छ,’ सांसद श्रेष्ठले भने दुई दिने सो कार्यक्रममा प्रदेश ३ का सांसद कुसुमकुमार कार्की, कुवेत कुरा फेडेरेसनका अध्यक्ष हामेद फरमान, हङकङ कुँरास फेडेरेनसका अध्यक्ष चोउ, चाइनिज ताइपे कुँरास फेडेरेसनका महासचिव काइ फेङ चाङ, अन्तर्राष्ट्रिय कुँरास एसोसिएसनका प्रशिक्षक पुल्सकरको उपस्थिति थियो ।