स्कुटर चोरी गर्ने एक जना पक्राउ

0
Shares

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग कपनले चोरीको स्कुटरसहित एक जनालाई पक्राउ गरको छ ।

बिहीबार काठमाडौँ महानगरपालिका–६ रामहिटी मुकुम गुम्बा नजिक पार्किङमा राखेको बा २९ प ६०७९ नम्बरको डियो स्कुटर चोरी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

बिहीबार साँझ बुढानीलकण्ठ नगरपालिका–१० कपन मिलनचोकबाट स्कुटरसहित ओखलढुङ्गा घर भएका १६ वर्षीय विकास रानामगरलाई पक्राउ गरेको हो ।