लाजिम्पाटमा आगोमा निसासिएर एकजनाको मृत्यु, दुईजना घाइते

0
Shares

काठमाडौँ । लाजिम्पाटमा आगोमा निसासिएर एकजनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

बिहीबार राति १ बजेतिर घरमा आगो लागेको थियो । लाजिम्पाटको नील सरस्वति चैत्य मार्गमा धर्म महर्जनको घरमा आगो लाग्दा भाडामा बस्ने भेषबहादुर थापाको ज्यान गएको हो ।
आगलागीमा बर्दिया राजापुर ९ का विवेक शाही र उहाँकी श्रीमती गंगा घाइते भएको प्रहरीले जनाएको छ ।