भुटानका पूर्व प्रधानमन्त्री हिमालय क्षेत्रका बारेमा अध्ययन गर्न नेपालमा

0
Shares

काठमाडौं । भुटानका पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे काठमाडौं आइपुगेका छन् । उनी हिन्दुकुश हिमालय क्षेत्रका बारेमा अध्ययन गर्नका लागि काठमाडौ आएको बताइएको छ ।

म हिन्दुकुश हिमालय क्षेत्र, हिमनदीबारे जानकारी लिन इसिमोडमा काठमाडौं आएको बताएका छन् । ‘अब म हाम्रो क्षेत्रमा जलवायु परिवर्तनको गम्भीर खतराप्रति चिन्तित बनेको छु,’ फेसबुकमा स्टाटस राख्दै भनेका छन् ।

इसिमोडका महानिर्देशक डेभिड मोल्डेन लगायतसँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै तोब्गेले भनेका छन् ।