कालीगण्डकी करिडोरमा बजेट अभाव हुन नदिन आग्रह

0
Shares

नेपाल समाचारपत्र, पर्वत
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको पर्वत खण्डमा बजेट अभाब हुन नदिन र समयमा नै काम सम्पन्न पहल गर्न जनप्रतिनिधी संग स्थानियबासीले माग गरेका छन ।

पर्वतको बिहादी गाउँपालिकाले प्रतिनिधीसभाका सदस्य पदम गिरी संग आयोजना गरेको अन्तरकृया कार्यक्रममा अन्तरकृया तथा भेटघाट कार्यक्रममा बिनियोजन भएको बजेट समयमा नै खर्च गर्ने वातावरण बनाउन र थप निर्माण कार्यका लागि बजेट अभाब हुन नदिन स्थानियबासीले आग्रह गरेका हुन ।

पर्वतको सेतीबेणी देखि कुस्मा सम्मको सडक पहिलो चरणमा कालोपत्रे गर्न सके दक्षिणका बासिन्दाहरुका लागि मात्रै नभई समग्र जिल्लाकै आर्थिक र भौतिक बिकासमा ठुलो परिर्वतन आउन सक्ने भएकाले करिडोरको कामलाई प्राथमिकता दिन उनीहरुको माग थियो ।

कुस्मा देखि स्याङ्गजाको मिर्मी सम्मको भागमा नियमित यातयात सञ्चालन हुन सकेमा पोखरा हुदै धौलागिरी पुग्ने सवारी साधन छोटो बाटोबाटै हिड्न सक्ने र भारत र चीन जोड्न सबैभनदा छिटो र छरितो मार्ग बन्ने भनाई उनीहरुको छ ।

करिडोरको पर्वत खण्ड कालोपत्रे गर्नका लागि ठूलो प्रयास सफल भएको विहादी गाउँपालिका वडा न २ का वडा अध्यक्ष ओम कुँवरले भने–‘लोकमार्गको वीच भागबाट कालोपत्रे शुरु भएको छ, यसमा पर्वतका जनप्रतिनिधीले गरेको भूमिका सबैले सम्मान गर्न लायक छ’ यो सडक कालोपत्रे भएपछि दक्षिण पर्वतको मात्रै होइन पर्वतकै भाग्य र भविश्य बदलिन्छ ।


कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटर भन्दा बढी खण्ड पर्छ । यसले पर्वतको उत्तर देखि दक्षिण सम्म छिचोल्ने भएका कारण यसलाई राष्ट्रिय गौरबको योजनाका साथै पर्वतको लाईफलाईनको रुपमा हेरिदै आइएको छ । लामो समय सम्म पर्वत खण्डलाई ओझेलमा पार्ने काम भएको थियो । करिडोर भनेर बागलुङ्ग तर्फ मात्रै बजेट बिनियोजन भैरहेको अबस्थामा अबस्थामा बिगत चार, पाँच बर्ष देखि यो सडकको पर्वत खण्डले निर्माणको काममा फेरी गतिलिन थालेपछि स्थानियबासीहरु उत्साहित छन ।

पछिल्लो समय सेतीबेणी देखि रानीपानी सम्म कालोपत्रे गर्नका लागि अर्थ मन्त्रालयले बजेट सहमति दिएको छ भने रानीपानी देखि फलेबास सम्म स्तरउन्नतीको काम ७० प्रतिशत पुरा भएको छ । फलेबास देखि अर्मादी सम्मको खण्डमा ट्रयाक खोल्न काम पनि भैरहेको छ । करिडोरको पर्वत खण्डमा पर्ने मोदीखोला, लमायखोला, सेतीखोला र आँधीखोलामा समेत पुल निर्माणको काम पनि भैरहेको छ ।

बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुषालले केही बर्षमै दक्षिणी क्षेत्रमा देखिने गरी विकास हुने दावी गर्दै संघिय सरकार, र प्रदेश सरकारले विकासका सवै गतिविधिहरुमा सहयोग गरीरहेको बताए । ‘पर्वतको कालापानी भनेर बस्ने दिन अब सकिन्छ’ , उनले भने ‘पर्वत जिल्लाको बिकासका लागि अबको चार पाँच बर्ष स्वर्ण युगको रुपमा चित्रित हुने बिश्वास हामीमा छ ।’

जिल्लाको दक्षिणी क्षेत्रमा रहेको चिसापानी–हुवास–बर्राचौर सडक, सेतीवेणी शालीग्राम शिला, निर्माणधिन सेतीखोलामा मोटरेवल पुल तथा कालीगण्डकी लोकमार्गको अवलोकन गर्दै सांसद गिरीले योजनाका कामहरुलाई तिव्रताका साथ अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । केहि साता भित्रै चिसापानी देखि वहाकीभ¥याङ सडकको कालोपत्रेको प्रकृया पनि शुरु हुने जानकारी गराउँदै सांसद गिरीले सेतीवेणीमा रहेको शालिग्राम शिलाको संरक्षणको लागि ठोस योजना निर्माणमा पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।